आइतबार, चैत ८, २०८२

डाक्टरको नक्कली प्रमाणपत्र बनाउने पक्राउ

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले रञ्जितलाई आइतबार पक्राउ गरेको हो। रञ्जितले एक जना चिकित्सकका लागि काउन्सिलको नक्कली प्रमाणपत्र बनाइदिएका थिए।
 |  आइतबार, साउन १०, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, साउन १०, २०७८

काठमाडौं- चिकित्सकको मेडिकल काउन्सिल दर्ता प्रमाणपत्र कीर्ते गरेको आरोपमा एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा ललितपुर महानगरपालिका-२ का ३६ वर्षीय विजय श्याम रञ्जित छन्।

National life

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले रञ्जितलाई आइतबार पक्राउ गरेको हो। रञ्जितले एक जना चिकित्सकका लागि काउन्सिलको नक्कली प्रमाणपत्र बनाइदिएका थिए। 

 काउन्सिलका रिजस्ट्रारको दस्तखत कीर्ते गरेको उजुरीका आधारमा उनी पक्राउ परेको ब्युरोले जानकारी दिएको छ। काउन्सिलको दर्ता प्रवेश परीक्षामा सहभागी भई अनुत्तीर्ण भएकोमा रञ्जितले स्थायी दर्ता प्रमाण पत्र नम्बर १०८५५ को प्रमाण पत्रमा काउन्सिलको छाप लगाएका थिए। उक्त प्रमाणपत्रमा रजिष्ट्रारको दस्तखत समेत कीर्ते गरी जारी गरेका थिए। 

काठमाडौँ महानगरपालिका-३ महाराजगंजबाट पक्राउ परेका उनीमाथि लिखत सम्बन्धी कसुर अपराधमा अनुसन्धानका लागि म्याद थप समेत गरिएको ब्युरोले जानकारी दिएको छ। 

प्रकाशित: Jul 25, 2021| 16:55 आइतबार, साउन १०, २०७८
प्रतिक्रिया दिनुहोस्