शुक्रबार, चैत ६, २०८२

कक्षा १२ को पूरक परीक्षा माघ २ र ३ गते [परीक्षा केन्द्रसहित]

बोर्डले एक विषयको मात्र परीक्षा दिने विद्यार्थीले जुनसुकै विषयको परीक्षा दिन पाउने भए पनि दुई विषयमा परीक्षा दिने विद्यार्थीका लागि आफूले परीक्षा दिने विषयको ठूलो कोड नम्बर भएको विषयको परीक्षा दिन पाउने व्यवस्था गरेको छ।
 |  शुक्रबार, पुस २३, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस २३, २०७८

काठमाडौं- राष्ट्रिय परीक्षा बोर्डले २०७८ सालको कक्षा १२ को पूरक परीक्षाको परीक्षा केन्द्र निर्धारण गरेको छ। बोर्डले सूचना जारी गर्दै माघ २ र ३ गते सञ्चालन हुने कक्षा १२ को पूरक परीक्षाको परीक्षा केन्द्र निर्धारण गरेको हो।

National life

बोर्डले एक विषयको मात्र परीक्षा दिने विद्यार्थीले जुनसुकै विषयको परीक्षा दिन पाउने भए पनि दुई विषयमा परीक्षा दिने विद्यार्थीका लागि आफूले परीक्षा दिने विषयको ठूलो कोड नम्बर भएको विषयको परीक्षा दिन पाउने व्यवस्था गरेको छ।

बोर्डले गत भदौ ३० गतेदेखि असोज ८ गतेसम्म कक्षा १२ को वार्षिक परीक्षा सञ्चालन गरेको परीक्षामा थोरै जीपीए आएका विषयमा विद्यार्थीले ग्रेडवृद्धिका लागि परीक्षा दिन पाउने व्यवस्था गरेको हो।

पुस २२ गतेभित्र आवेदन फारम भरिसकेका विद्यार्थी मात्र 

परीक्षामा सहभागि हुन पाउने बोर्डले जनाएको छ। परीक्षाफल रद्द भएका परीक्षार्थी भने ग्रेड वृद्धि परीक्षामा सहभागी हुन पाएनन्।

Laxmi sunrise bank
kumari

प्रकाशित: Jan 07, 2022| 12:30 शुक्रबार, पुस २३, २०७८
प्रतिक्रिया दिनुहोस्