बिहीबार, असार ३२, २०८३

तस्करीको गाईसहित लाखौको सामान नियन्त्रणमा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
जनकपुरधाम- प्रहरीले अवैध रुपमा ओसारपसार गरी रहेको अवस्थामा लाखौ मूल्य बराबरको मालसमान धनुषाबाट नियन्त्रणमा लिएको छ । भन्सार छली भारतबाट नेपाल ल्याउँदै गरेको अवस्थामा प्रहरीले धनुषाको जनकनन्दनी गाउँपालिका-३ बाट ६० लाख मूल्य बराबरको कपडाहरु नियन्त्रणमा लिएको हो ।

ज १ त ९९३ नम्बरको ट्रयाक्टर तथा बीआर ३२ एन ५२५८ र बीआर ०७ एल ५९४७ भारतीय नम्बर प्लेटको दुई मोटरसाइकल तथा चालकसहित कपडाहरु प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपेन्द्रबहादुर शाहीले जानकारी दिए । 

त्यसैगरी प्रहरीले औरही गाउँपालिका-३ बाट नेपालबाट भारततर्फ लैजादैँ गरेको १० वटा गाईसहित व्यापारीलाई नियन्त्रणमा लिएको छ । भारततर्फ तस्करी गर्न लगिरहेको अवस्थामा गाईहरु नियन्त्रणमा लिइएको शाहीले बताए ।

त्यसैगरी  भन्सार छली ज २ प ५१२१, ज ९ प ४८०९ र ज ८ प ४८०५ नम्बरको तीन मोटरसाइकलमा भारतबाट नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा कपडाको पोकाहरु प्रहरीले नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिइएका कपडाहरुको मूल्य अन्दाजी दुई लाख रहेको प्रहरीले जनाएको छ ।

जनकपुर उपमहानगरपालिकाबाट समेत प्रहरीले तस्करी गरी ल्याइएका समा भारतबाट भन्सार नहरु नियन्त्रणमा लिएको छ । छली दुई अलग अलग मोटरसाइकलमा ४ थान इन्भर्टर र ३०/३५ थान पंखाको पत्ता प्रहरीले जनकपुरको शिवचोकबाट नियन्त्रणमा लिएको छ । 

भारतीय नम्बरको मोटरसाइकलसहित ती समानहरु प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । नियन्त्रणमा लिइएका समानहरु आवश्यक कारबाहीको लागि जनकपुर भन्सार कार्यालयमा पठाइएको प्रहरी नायब उपरीक्षक शाहीले बताए । पछिल्लो पटक प्रहरीकै मिलोमतोमा तस्करी हुँदै गरेको आरोप लागिरहेको अवस्थामा प्रहरीले यति धेरै परिणामको अवैध मालसमान नियन्त्रणमा लिन सफल भएको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।