शुक्रबार, चैत ६, २०८२

कक्षा ११ को आंशिक परीक्षाको नतिजा प्रकाशित

राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को ग्रेडवृद्धि तथा आंशिक परीक्षाको नतिजा प्रकाशित गरेको छ।
 |  शुक्रबार, पुस २३, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस २३, २०७८

काठमाडौं- राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को ग्रेडवृद्धि तथा आंशिक परीक्षाको नतिजा प्रकाशित गरेको छ।

National life

परीक्षा नियन्त्रण कार्यालयले २०७८ असोज ११ गते लिएको ग्रेडवृद्धि तथा आंशिक परीक्षाको नतिजा प्रकाशित भएको हो।

ग्रेडवृद्धि तर्फ २१ हजार ८१६ र आंशिकतर्फ २ हजार ९०८ गरी जम्मा २४ हजार ७२४ जना विद्यार्थी परीक्षामा सहभागी भएका थिए। त्यसमध्ये ७९ दशमलव ०६ प्रतिशत उत्तीर्ण भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ।

बोर्डका अनुसार परीक्षाफल राष्ट्रिय परीक्षा बोर्डको वेबसाइट र नेपाल टेलिकमको वेबसाइटबाट हेर्न सकिन्छ। साथै नेपाल टेलिकमको १६०० नम्बरमा एसएमएस गरेर वा १६०१ नम्बरमा डायल गरेर पनि नतिजा थाहा पाउन सकिन्छ।

साथै २०७८ सालको कक्षा १२ को ग्रेड वृद्धि पूरक परीक्षाको परीक्षा केन्द्र पनि निर्धारण गरिएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ।

Laxmi sunrise bank
kumari


प्रकाशित: Jan 07, 2022| 09:55 शुक्रबार, पुस २३, २०७८
प्रतिक्रिया दिनुहोस्