बुधबार, भदौ ३, २०८३

एमाले जिल्ला अधिवेशन आज, ओलीले भर्चुअल उद्घाटन गर्ने

नेपाल कम्युनिस्ट पार्टी (एमाले) ७७ वटै जिल्ला अधिवेशन आज शुक्रबार हुँदै छ। अधिवेशनको भर्चुअल माध्यमबाट पार्टी अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कार्यालयबाट उद्घाटन गर्ने कार्यक्रम रहेको छ।
 |  शुक्रबार, पुस २३, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस २३, २०७८

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (एमाले) ७७ वटै जिल्ला अधिवेशन आज शुक्रबार हुँदै छ। अधिवेशनको भर्चुअल माध्यमबाट पार्टी अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कार्यालयबाट  उद्घाटन गर्ने कार्यक्रम रहेको छ।

प्रचार विभाग उपप्रमुख विष्णु रिजालका अनुसार आज बिहान ११ बजे केन्द्रीय कार्यालयको एक्सन रुमबाट एकैसाथ भर्चुअल उद्घाटन र सम्बोधन कार्यक्रम छ। केही हिमाली जिल्लाबाहेक सबैको अधिवेशन आजै हुनेछन्।

वातावरणीय प्रभावका कारण हिमाली केही जिल्लामा पछि अधिवेशन हुनसक्ने उपप्रमुख रिजाल बताले बताए। एमाले १०औं महाधिवेशन गत मंसिरमै सकिए पनि जिल्ला अधिवेशन एकसाथ हुन लागेको हो। 

प्रदेश अधिवेशन आगामी ८ माघमा हुने तय भएको छ। यसैबीच, एमाले संगठन विभागले जिल्ला कमिटीसम्बन्धी तीन बुँदे मापदण्ड ७७ वटै जिल्लामा ‘सर्कुलर’ गरेको छ।

कमिटीसम्बन्धी मापदण्डअनुसार पदाधिकारी हुनका लागि दुई कार्यकाल जिल्ला कमिटीमा काम गरिसकेको वा एक कार्यकाल सचिवालयमा सदस्य भई काम गरिसकेको हुनुपर्नेछ। 

त्यस्तै, सदस्यका लागि जिल्ला कमिटी, जिल्ला विभाग वा एक तहमुनिको कमिटीमा कम्तीमा एक कार्यकाल पूरा गरेको हुनुपर्नेछ। त्यस्तै, एकता एकीकरणबाट पार्टीमा समाहित भएकाको हकमा भने विधानको धारा ६३(११) अनुसार हुनेछ।

प्रकाशित: Jan 07, 2022| 06:30 शुक्रबार, पुस २३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...