शुक्रबार, चैत ६, २०८२

बालबालिकालाई एक दिनमा कति खुवाउने चिनी?

७-१० वर्षसम्मका बालबालिकाका लागि एक दिमा २४ ग्रामभन्दा बढी चिनी हानीकारक हुन्छ। यस्तै ४-६ वर्षका बालबालिकाका लागि भने १९ ग्राम चिनी नै पर्याप्त हुने एनएचएसको भनाइ छ।
 |  शुक्रबार, पुस २३, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस २३, २०७८

काठमाडौं- पछिल्ला दिनमा सहरी क्षेत्रमा खानामा चिनीको मात्रा कटौती गर्ने विषयमा चर्चा हुन थालेको छ। तर एक दिनमा कति चिनी खाने त? यसबारे धेरैलाई जानकारी नहुन सक्छ। 

National life

बेलायती स्वास्थ्य निकाय नेसनल हेल्थ सर्भिसले ५ प्रतिशतभन्दा बढी चिनी भएका खानेकुरा नखान सुझाव दिएको छ। तयारी खानामा चिनीको मात्रा बढी हुन सक्ने भएकाले त्यस्ता खाना खानुअघि सचत हुन उसको आग्रह छ। 

स्वस्थ र वयस्क व्यक्तिले एक दिनमा कुल मिलाएर ३० ग्रामभन्दा बढी चिनी खान हुँदैन। यस्तै ७-१० वर्षसम्मका बालबालिकाका लागि एक दिमा २४ ग्रामभन्दा बढी चिनी हानीकारक हुन्छ। यस्तै ४-६ वर्षका बालबालिकाका लागि भने १९ ग्राम चिनी नै पर्याप्त हुने एनएचएसको भनाइ छ।

तर ४ वर्षभन्दा कम उमेरका बालबालिका लागि भने कुनै चिनीका विषयमा कुनै पनि गाइडलाइन नभएपनि चिनी राखिएका खाना र बजारमा पाइने तयारी खाना, तेलमा तारिएका खाना नखान/नखुवाउन उसको सुझाव छ। 

मिठाइ, केक, बिस्कुट, चकलेट र जुसलगायत बोतलमा राखेका तरल पदार्थमा अत्यधिक चिनीको मात्रा हुने भएकाले त्यस्ता खाना सकेसम्म खान नहुने उसको भनाइ छ। फलफुल तरकारी र दूधमा पनि चिनी पाइने भएपनि स्वस्थ व्यक्तिले ती जुनसकै कुरा खाए पनि कुनै समस्या हुँदैन। 

Laxmi sunrise bank
kumari

प्रकाशित: Jan 07, 2022| 05:10 शुक्रबार, पुस २३, २०७८
प्रतिक्रिया दिनुहोस्