सोमबार, चैत ४, २०८१

उपभोक्तालाई ठग्‍ने २० व्यापारीमाथि कारबाही

अनुगमनका क्रममा तोकिएभन्दा कम नापतौल प्रयोग गरी सामान बिक्री गरेर उपभोक्तालाई ठगी गरेको पाइएपछि ती व्यापारीमाथि कारबाही गरेर रु १२ हजार ७३० जरिवाना गरिएको कार्यालयले जनाएको छ।
 |  बिहीबार, पुस २२, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, पुस २२, २०७८

जनकपुर- गुणस्तर तथा नापतौल कार्यालयले महोत्तरीका विभिन्‍न स्थानका २० व्यापारीमाथि कारबाही गरेको छ। अनुगमनका क्रममा तोकिएभन्दा कम नापतौल प्रयोग गरी सामान बिक्री गरेर उपभोक्तालाई ठगी गरेको पाइएपछि ती व्यापारीमाथि कारबाही गरेर रु १२ हजार ७३० जरिवाना गरिएको कार्यालयले जनाएको छ। 

health

महोत्तरीका विभिन्न स्थानका ५६ वटा व्यापारिक फार्ममा अनुगमन गरिएकामा २० व्यापारिक फार्मले कम तौल र गुणस्तरहीन सामान बिक्री गरेको पाइएपछि कारबाही गरिएको कार्यालय प्रमुख रजनिस झाले जानकारी दिए।

पशुपति नमकिन उद्योग, खुश्बु नमकिन तथा दालमोट उद्योग, राहुल पाउरोटी उद्योग, विशाल किराना पसल, जोया इलेक्ट्रोनिक्स एण्ड हार्डवेयर पसलले उपभोक्तालाई ठग्दै आएको पाइएकाले अब उप्रन्त यस्तो नगर्न नसिहतसमेत दिइएको उनको भनाइ थियो।

यस्तै जनकपुरधामस्थित माछा बजारमा अनुगमनका क्रममा  करिब दुई दर्जन पसलबाट पुराना ढक, तराजु नियन्त्रणमा लिइएको छ। लामो समयदेखि भारतीय ढक तराजु प्रयोग गरी कम तौलमा उपभोग्य सामान बिक्री गरिरहेको गुनासो आएकाले त्यस्ता ढक तराजु नियन्त्रणमा लिएर मान्यताप्राप्त ढक तराजु मात्र प्रयोग गर्न व्यापारीलाई निर्देशन दिइएको जानकारी दिए। 

अनुगमनमा कार्यालयका प्रतिनिधि, जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि, सुरक्षाकर्मीसहितको टोली सहभागी थियो। दरबन्दीभन्दा कम जनशक्ति भएर पनि उक्त कार्यालयले प्रदेश नं २ को धुनषा, महोत्तरी, सर्लाही र बागमती प्रदेशको सिन्धुली र रामेछाप जिल्लामा अनुगमन गर्दै आएको छ।

प्रकाशित: Jan 06, 2022| 20:20 बिहीबार, पुस २२, २०७८
citizen insidecitizen inside
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।