बुधबार, भदौ ३, २०८३

आज एमालेको काठमाडौं अधिवेशन, एक लाख कार्यकर्ता उतार्ने तयारी

नेकपा एमालेले शुक्रबार काठमाडौं जिल्ला अधिवेशनको उद्घाटन गर्ने भएको छ। काठमाडौं जिल्ला अधिवेशनमा एक लाख जना सहभागी गराउने दाबी गरिएको छ।
 |  शुक्रबार, पुस २३, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस २३, २०७८

काठमाडौं- नेकपा एमालेले शुक्रबार काठमाडौं जिल्ला अधिवेशनको उद्घाटन गर्ने भएको छ। काठमाडौं जिल्ला अधिवेशनमा एक लाख जना सहभागी गराउने दाबी गरिएको छ।

मूलपानी क्रिकेट मैदानमा हुने जिल्ला अधिवेशनको उद्घाटन कार्यक्रममा एक लाख कार्यकर्ता सहभागी गराउने र त्यसको तयारी पूरा भएको जिल्ला अध्यक्ष कृष्ण राईले जानकारी दिए।

यसअघि पुस २० गते काठमाडौंका ११ नगर, १३८ वडा र १० निर्वाचन क्षेत्रबाट प्रतिनिधिहरू छनौट गरिसकेको राईले जनाएका छन्। जिल्ला अधिवेशनको उद्घाटन कार्यक्रमलाई अध्यक्ष केपी शर्मा ओलीसहित केन्द्रीय नेताहरूले सम्बोधन गर्नेछन्।

शुक्रबार उद्घाटन हुने जिल्ला अधिवेशनको बन्दसत्र भने शनिबार राष्ट्रिय सभागृहमा हुनेछ। 

जिल्ला अधिवेशन उद्घाटनको दिन काठमाडौंको थली, मूलपानीको पिपलबोट र नारायणटार हुँदै तीन रुटबाट र्‍याली आयोजना गरिने अध्यक्ष कृष्ण राईले जानकारी दिए।

प्रकाशित: Jan 07, 2022| 06:00 शुक्रबार, पुस २३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...