शुक्रबार, कात्तिक २८, २०८२

नारायणीमा ४० हजार माछाका भुरा छोडियो

जलहारी र बोटे सामुदायको आर्थिक विकासमा सहज होस् भन्‍ने उद्देश्यले नारायणी नदीमा ४० हजार माछाका भुरा छाडिएको बताएका छन्।
 |  बिहीबार, पुस २२, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, पुस २२, २०७८

काठमाडौं- जलहारी र बोटे सामुदायको आर्थिक विकासमा सहज होस् भन्‍ने उद्देश्यले नारायणी नदीमा ४० हजार माछाका भुरा छाडिएको बताएका छन्। 

National life

रहु र नैनी जातका माछाका ४० हजार भुरा जलाशय मत्स्य प्रबर्द्धन एवं संरक्षण केन्द्र हेटौंडा मकवानपुरले नारायणी नदीमा छाडेको हो।

जलीय जैविक विविधता संरक्षण तथा प्राकृतिक जलाशयमा आश्रित समुदायको आयस्तर अभिवृद्धिका लागि स्थानीय जातको माछा नदीमा छाडिएको कार्यालयका प्रमुख सरोज कुमार यादवले बताए। 

कार्यालयले अघिल्लो वर्ष पनि नारायणीमा ४० हजार भुरा छोडेको र यस पटक स्याङ्‌जास्थित काली नदी र कोशी नदीमा पनि माछाको भुरा छोड्ने योजना रहेको यादवले बताए। यसअघि मकवानपुरको सामारी नदीमा पनी ३४ हजार माछा भुरा छाडेको उनको भनाई छ ।

खोला नालामा फोहोर ढल मिसाउने, बिषादी हाल्ने, करेन्ट लगाउने, पासो थाप्ने लगाएतका कारणबाट जलचर मासिने क्रम बढेकाले यसको संरक्षण गरी नदीमा आश्रित समुदायको जिवनस्थर विकासका लागि आफुहरुले यो कार्यक्रम गरेको यादवको भनाई छ।

Laxmi sunrise bank
kumari

आफुहरुको मेचीदेखि महाकालीसम्म कार्यक्षेत्र रहेको र नदी नालाको अध्यान गरी कुन माछा संकटमा छ त्यसको आधारमा माछालाई प्रबर्द्धन गर्न माछा भुरा छोडिँदै आएको उनले बताए।

प्रकाशित: Jan 06, 2022| 18:18 बिहीबार, पुस २२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।