बुधबार, भदौ ३, २०८३

राष्ट्रपतिलाई भेटेर फर्किए प्रधानमन्त्री देउवा

प्रधानमन्त्री र राष्ट्रपतिबीच राष्ट्रिय सभाको निर्वाचन, संसद्‍मा प्रमुख प्रतिपक्षी नेकपा एमालेले गरिरहेको संसद् अवरोधलगायतका विषयमा कुराकानी भएको बताइएको छ।
 |  बिहीबार, पुस २२, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, पुस २२, २०७८

काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटर प्रधानमन्त्री शेरबहादुर देउवा फर्किएका छन्। भेटमा प्रधानमन्त्री देउवाले सरकारका नियमित काम कारबाहीबारे जानकारी गराएको राष्ट्रपति विद्यादेवी भण्डारीका सञ्‍चार विज्ञ डा. टीका ढकालले जानकारी दिए। 

उनले भने, 'प्रधानमन्त्रीज्यूले राष्ट्रपतिज्यूसँग सरकारका नियमित कामकारबाहीबारे जानकारी गराउनु भएको छ। त्यस्तो आकस्मिक नभइ यो नियमित भेटघाट हो।'

प्रधानमन्त्री र राष्ट्रपतिबीच राष्ट्रिय सभाको निर्वाचन, संसद्‍मा प्रमुख प्रतिपक्षी नेकपा एमालेले गरिरहेको संसद् अवरोधलगायतका विषयमा कुराकानी भएको बताइएको छ। 

आगामी आइतबार भारत भ्रमणमा जाने तयारीमा रहेका देउवा अचानक भ्रमण रद्द भएपछि नियमित भेटघाट र कार्यक्रमहरूमा सक्रिय बनेका हुन्। भारतमा कोरोना भाइरसको संक्रमण तीव्र भएपछि गुजरात सरकारले भाइब्रेन्ट गुजरात समिट स्थगित गर्ने निर्णय गरेपछि देउवाको भारत भ्रमण पनि रद्द भएको हो। 

प्रधानमन्त्री देउवाले संसद् अवरोध खुलाउने विषयमा कुरा गर्न एमाले अध्यक्ष ओलीलाई भेट्न बालकोट जाने भएका छन्। 


प्रकाशित: Jan 06, 2022| 18:04 बिहीबार, पुस २२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...