काठमाडौं- नेपाली कांग्रेसका युवा नेता तथा सांसद गगन थापाले विशेषज्ञ चिकित्सक उत्पादनका लागि डाक्टर गोविन्द केसीका माग जायज रहेको बताएका छन् ।
जुम्लामा १५ दिनदेखि अनसन बसिरहेका डा केसीको पक्षमा ‘सोलिडारिटी फर प्रोफेसर गोविन्द केसी अभियान’ ले माइतीघर मण्डलादेखि सुरु भएको प्रदर्शनपछि नयाँ बानेश्वरमा आयोजित सभामा नेता थापाले नयाँ चिकित्सक उत्पादनका लागि पनि केसीका माग जायज भएको बताए । उनले सभा जुलुसमा सहभागी भएकाहरुको टाउको गन्ने गल्ती नगर्न ओलीलाई चेतावनी दिए
‘देशभरका सांसदहरुले संसदमा आएर मेरो जिल्लाको अस्पतालमा चिकित्सकको अभाव भयो । स्वास्थ्यसंस्थामा काम गर्ने डाक्टर भएन भनेर संसदमा भन्नुहुन्छ,’ सांसद थापाले भने, ‘यदी साँच्चै नै विशेषज्ञ चिकित्सकको अभाव भएको हो भने सबै सांसदहरुले आएर भन्दिनुहोस् डाक्टर गोविन्द केसीको माग जायज छन् । त्यसपछि तपाईं सुतेर बस्नुहोस् तपाईंको अस्पतालमा विशेषज्ञ चिकित्सक आइपुग्छन् ।’
भिडियोमा हेर्नुहोस थापाको भनार्इ
उनले गोविन्द केसीले भनेको चिकित्सा शिक्षा विधेयकका लागि माथेमा आयोगले तयार पारेको प्रतिवेदनलाई तोडमोड गर्ने अवस्थामा पुग्यौं भने त्यसले सफलता हात नपार्ने बताए ।
आफूले यो विषयको कुरा संसदमा पनि उठाएको भन्दै सांसद थापाले भने, ‘चिकित्सा शिक्षा अध्ययन केन्द्र कहाँ खुल्छ, कसले खोल्छ भन्ने विषयसँग हाम्रो नजिकको स्वास्थ्यसंस्थामा विशेषज्ञ चिकित्सक आउने कुरा जोडिएको छ ।’
उनले स्वास्थ्य विषय लिएर पढ्ने नर्स, हेल्थ असिस्टेन्ट बढी पीडामा रहेको भन्दै नेपालका चिकित्सा विषय पढाउने कलेजको पढाईले अन्तर्राष्ट्रिय क्षेत्रमा काम गर्ने जनशक्ति उत्पादन गर्न नसक्ने बताए ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...