काठमाडौं- नेकपा एमाले रोल्पा जिल्ला कमिटी सचिव निमप्रसाद रोकाको निधन भएको छ। जिल्ला अधिवेशन तयारीका लागि खटिएको बेला उनको हृदयघातबाट निधन रोल्पा एमालेले जनाएको छ।
उनको गएराति पौने ९ बजे नुवागाउँ अस्पतालमा निधन भएको नेकपा एमाले रोल्पाका अध्यक्ष बालाराम बुढाले जानकारी दिए।
रोका रोल्पाको त्रिवेणी गाउँपालिका–२ निवासी हुन्। रोकाको निधन भएपछि रोल्पा जिल्ला अधिवेशन स्थगित गरिएको छ।