काठमाडौ–सरकारको कार्यशैलीको आलोचना हुन थालेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ तारिका अपनाउन थालेका छन्। यसैक्रममा विगत केही समयदेखि उनले मन्त्री र सचिवहरुलाई बोलाएर कुन काम कहिले सकिन्छ भनेर डेडलाइन माग्न थालेका छन् ।
उनले शनिबार पनि प्रधानमन्त्रीले नौ सचिव र मन्त्रीलाई बोलाएर यस्तो तालिका मागेका हुन् । प्रधानमन्त्रीले एक महिनामा मन्त्री र सचिवले गर्ने काम , काम सक्ने समय मागेका हुन् । उनले शनिबार नौ सचिव र मन्त्रीसँग यस्तो कार्यतालिका बुझेको स्रोतले बतायो।
प्रधानमन्त्रीलाई बुझाएको कार्यताकिा अनुसार काम भए नभएको पछि फेरि सचिव र मन्त्रीसँग स्पष्टिकरण लिने छन् । बालुवाटार स्रोतका अनुसार यसका आधारमा प्रधानमन्त्री र मन्त्रीहरुको मुल्याङकन गर्ने छन् ।
प्रधानमन्त्रीले बोलाउने हरेक बैठकमा मन्त्री र सचिवले मिठा प्रतिवद्धता व्यक्त गर्ने तर त्यो बमोजिक कार्य सम्पादन नहुने प्रवृत्तिलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले डेडलाइन माग्न थालेका हुन् । प्रधानमन्त्रीले लिखित डेडलाइन लिन थालेको बालुवटार स्रोतले बतायो ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४