शनिबार, जेठ २, २०८३

एक महिनापछि खुल्यो मनिपाल कलेज प्रशासनमा लगाइएको ताला

पोखरास्थित मनिपाल मेडिकल कलेजमा लगाएको ताला एक महिनापछि खुलेको छ।
 |  बिहीबार, पुस २२, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, पुस २२, २०७८

पोखरा- पोखरास्थित मनिपाल मेडिकल कलेजमा लगाएको ताला एक महिनापछि खुलेको छ। नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियु गण्डकीले विद्यार्थीसँग बढी शुल्क लिएको आरोपमा कलेज प्रशासनमा ताला लगाएको थियो।

National life

गत २० मंसिरमा प्रशासनमा लगाइएको ताला सहमतिपछि बुधबार खुलेको हो। अस्पताल प्रशासन र विद्यार्थी संगठनबीचको वार्तामा चिकित्सा शिक्षा आयोगले तोकेभन्दा बढी लिइएको शुल्क विद्यार्थीलाई फिर्ता गर्न कलेज सहमत भएपछि ताला खोलिएको हो।

मनिपालले विद्यार्थीसँग ६ लाख रुपैयाँ नियमभन्दा बढी शुल्क असुलेको भन्दै अनेरास्ववियुले तालाबन्दीसहित आन्दोलनका विभिन्न कार्यक्रम गर्दै आएको थियो। 

कलेजले विद्यार्थीसँग असुली गरेको ६ लाख रकम अर्को वर्ष तिर्नुपर्ने शुल्कमा समायोजन गर्ने गरी कलेजले र अनेरास्ववियुबीच सम्झौता भएको अनेरास्ववियु गण्डकीका संयोजक प्रकाश पौडेलले बताए।

कास्की जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णचन्द्र पौडेल, मनिपाल कलेजका रितेशकुमार यादव, अनिल महतो र जनप्रतिनिधिका तर्फबाट वडा सदस्य राजेश गुरुङको रोहबरमा सम्झौता गरिएको हो।

कलेजका प्रशासन प्रमुख भानु भारद्वाज, भर्ना निर्देशक गौरव यादव नेसनल मेडिकल एसोसिएसन गण्डकीका उपाध्यक्ष अनिल सिन्हा र अनेरास्ववियु गण्डकी संयोजक प्रकाश पौडेलले ५ बुँदे सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्।

प्रकाशित: Jan 06, 2022| 07:27 बिहीबार, पुस २२, २०७८
प्रतिक्रिया दिनुहोस्