मंगलबार, असार ३०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • जुम्लाबाट डाक्टर केसीले काठमाडौंलार्इ भने : बरु मर्न तयार छु (भिडियो)

जुम्लाबाट डाक्टर केसीले काठमाडौंलार्इ भने : बरु मर्न तयार छु (भिडियो)

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- जुम्लामा आमरण अनसन बसिरहेका डाक्टर गोविन्द केसीले आफ्ना मागका विषयमा नयाँ बानेश्वरमा सम्बोधन गरेका छन् । 

केसीले अडियो मार्फल सम्बोधन गर्दै आफ्नो स्वास्थ्यको चिन्ता नलिन सरकारलाई आग्रह गरेका छन् । अडियो सम्बोधन मार्फत केसीले भने, ‘मेरो स्वास्थ्यको चिन्ता नलिनुस्। मलाई उठाएर काठमाडौं लैजाने होइन । म पूर्ण विश्वास गर्छु कि मेरो जुम्लामै राम्रो हेरचाह भइरहेको छ। उठाएर काठमाडौं लैजाँदैमा सत्याग्रह तोडिँदैन, माग पूरा गर अनसन तोड्छु।’ उनले चिकित्सा शिक्षा अध्यादेशमा कुनै पनि तोडमोड गर्न नहुने बताए।

काठमाडौंको मुख्य क्षेत्रका रुपमा रहेको माइतीघर मण्डला परिसरमा सोलिडारीटी फर प्रोफेसर गोविन्द केसी अभियानले प्रदर्शन गरेको थियो । माइतीघरबाट शुरू भएको र्‍याली नयाँ बानेश्वरमा आएर कोणसभामा परिणत भएको थियो । सोही सभामा जुम्लाबाट केसीले गरेको सम्बोधन सुनाइएको थियो । 

केसीले जुम्लाबाट गरेको सम्बोधन सुन्नुहोस्





 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।