काठमाडौं- राष्ट्रिय युवा परिषदको उपाध्यक्षमा सुरेन्द्र बस्नेत नियुक्त भएका छन्। बुधबार बसेको मन्त्रिपरिषदको बैठकले बस्नेतलाई राष्ट्रिय युवा परिषदको उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो।
युवा तथा खेलकुद मन्त्रालयको मातहतमा रहेको परिषदको उपाध्यक्ष नियुक्तिका लागि मन्त्रालयका सचिव डा. दामोदर रेग्मीको नेतृत्वमा ३ सदस्यीय सिफारिस समिति गठन भएको थियो।
गत पौष १ गते युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराजले मन्त्रीस्तरीय निर्णयबाट सिफारीस समिति गठन गरेका थिए। समितिको सिफारिसको आधारमा मन्त्रिपरिषदको बैठकले बस्नेतलाई उपाध्यक्षमा नियुक्त गरेको हो।
राष्ट्रिय युवा परिषद ऐन २०७२ को दफा १५ बमोजिम उपाध्यक्षमा नियुक्त बस्नेतको कार्यकाल ४ वर्षकव हुनेछ।