काठमाडौं- डाक्टर गोविन्द केसीको पक्षमा सरकार विरूद्ध शनिबार राजधानीको माइतीघर मण्डलामा प्रदर्शन गरिएको छ । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार विरूद्ध गरिएको प्रदर्शनमा डाक्टर केसीले राखेका माग पूरा गराउन दबाब दिइएको छ ।
प्रदर्शनमा 'कान खोली सुन केपी र प्रचण्ड तिम्रो मार्सी भातले समाजवाद आउँदैन, माफियामुखी ऐन चाहिँदैन', 'केसीका माग पूरा गर, नागरिकमुखी ऐन पारित गर', 'डाक्टर केसीको जीवन रक्षा गर', 'आइएम वीथ डाक्टर केसी, डाक्टर केसी एक्ला छैनौं हामी तिम्रो साथ छौं’ जस्ता नाराहरू लगाएर प्रदर्शन गरेका छन् ।
डाक्टर केसी चिकित्सा क्षेत्रको सुधारको माग राखेर विगत १५ दिनदेखि जुम्लामा अनसन बसिरहेका छन् । काठमाडौंको मुख्य क्षेत्रका रुपमा रहेको माइतीघर मण्डला परिसरमा सोलिडारीटी फर प्रोफेसर गोविन्द केसी अभियानले गरेको कार्यक्रममा पूर्वस्वास्थ्यमन्त्री तथा नेपाली कांग्रेसका युवा नेता गगन थापा,त्रिविका पूर्वउपकुलपति केदारभक्त माथेमा, विवेकशील साझा पार्टीका संयोजकद्वय रवीन्द्र मिश्र र उज्वल थापा, गायक अमृत गुरुङ, नेपाल मेडिकल एशोसिएसनका पूर्वअध्यक्ष डाक्टर केदार नरसिंह केसीलगायत डाक्टर केसीका समर्थकको सहभागिता थियो ।
माइतीघरबाट नारा लगाउँदै आएको टोलीले नयाँ बानेश्वरमा आएर कोणसभा गरेका थिए ।
माइतीघरदेखि नयाँबानेश्वरसम्म भएको प्रदर्शनको भिडियो हेर्नुहोस्
बानेश्वरमा केसीको सम्बोधन
यसैबीच जुम्लामा आमरण अनसन बसिरहेका डाक्टर गोविन्द केसीले आफ्ना मागका विषयमा नयाँ बानेश्वरमा सम्बोधन गरेका छन् । केसीले अडियो मार्फल सम्बोधन गर्दै आफ्नो स्वास्थ्यको चिन्ता नलिन सरकारलाई आग्रह गरेका छन्।
अडियो सम्बोधन मार्फत केसीले भने, ‘मेरो स्वास्थ्यको चिन्ता नलिनुस्। मलाई उठाएर काठमाडौं लैजाने होइन । म पूर्ण विश्वास गर्छु कि मेरो जुम्लामै राम्रो हेरचाह भइरहेको छ। उठाएर काठमाडौं लैजाँदैमा सत्याग्रह तोडिँदैन, माग पूरा गर अनसन तोड्छु।’ उनले चिकित्सा शिक्षा अध्यादेशमा कुनै पनि तोडमोड गर्न नहुने बताए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...