मंगलबार, पुस १, २०८२

ऐतिहासिक तोप–गोला ५० वर्षपछि पुनःस्थापना

विसं २०२८ मा दैलेख कोतगढीमा रहेको ज्वाला दल गण सुर्खेत सारिएसँगै यहाँ ल्याइएका तोप–गोला आज फर्काइएको नेपाली सेनाको पश्चिम कमाण्डले जनाएको छ।
 |  बुधबार, पुस २१, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, पुस २१, २०७८

दैलेख- दैलेखको इतिहाससँग जोडिएका सैनिक तोप र गोला ५० वर्षपछि पुनः दैलेखमै फर्काइएको छ। विसं २०२८ मा दैलेख कोतगढीमा रहेको ज्वाला दल गण सुर्खेत सारिएसँगै यहाँ ल्याइएका तोप–गोला आज फर्काइएको नेपाली सेनाको पश्चिम कमाण्डले जनाएको छ। 

National life

सुर्खेतको राजदल गणमा राखिएका ‘सुन्दरी’ नामकतोप र ८१ थान गोला दैलेख काँडाचौरस्थित इन्द्रदल गुल्मका गुल्मपति सेनानी दिनेश लामालाई हस्तान्तरण गरिएको थियो। आज बिहान फलाँटेस्थित तालिम केन्द्रमा पूजापाठ गरी सैनिक गाडीमा राखेर तोप–गोला दैलेख पुर्‍याइएको हो। 

इन्द्रदल गुल्मका गुल्मपति लामाले हाल तोप र गोला काँडाचौरस्थित गुल्ममै राखिने बताउँदै भने, 'कोतगढीमा तोपघर निर्माण पूरा नहुञ्जेल सैन्य सामग्री काँडाचौर ब्यारेकमै राखिनेछ।' दैलेख सदरमुकामस्थित पुरातात्विक सम्पदा कोतगढी नेपाली सेनाको स्वामित्वमा छ।

नारायण नगरपालिकाले कोतगढीको पर्यटकीय विकासका लागि तोप घर निर्माण गरिरहेको छ। नारायण नगरपालिका र इन्द्रदल गुल्मले जङ्गी अड्डासमक्ष तोप र गोला दैलेखमा पुनःस्थापना गर्न माग गर्दै आएका थिए। बुढापाकाका भनाइमा २०२८ सालमा दैलेखमा भोकमरीका कारण सैनिक गण नै सुर्खेत सार्नुपरेको थियो। जिल्लामा खाद्यान्न अभाव भई भोकमरीको अवस्था सिर्जना हुनु र तराईबाट खाद्यान्न ढुवानी गर्न सडक तथा अन्य वैकल्पिक ढुवानीका साधन नहुँदा सरकारले कोतगढीमा बस्दै आएको गण सुर्खेत सारेको थियो।

सैनिक गणसँगै सुन्दरी, अर्गा तोपका साथै परम्परागत गोला बारुद पनि सुर्खेत ल्याइएको थियो। पित्तल धातुको सुन्दरी तोप विसं १८४६ ताका बनेको बताइन्छ। नारायण–१ का अध्यक्ष तीर्थनारायण श्रेष्ठले दैलेखको इतिहाससँग जोडिएका तोप–गोलाको पुनःस्थापनाले जिल्लाको पर्यटन विकासमा मद्दत पुग्ने बताए।

Laxmi sunrise bank
kumari

उनले ऐतिहासिक कोतगढीमा तोप गोला राख्न आवश्यक पूर्वाधार निर्माण भइरहेको जानकारी दिए। 'यो नेपाली सेनाको मात्रै होइन, हाम्रो जिल्लाकै अमूल्य सम्पति हो,' उनले भने, 'सेनासँग सहकार्य गरेर कोतगढीमा संरक्षण र सम्वद्र्धन नगरपालिकाले गर्नेछ, त्यसका लागि पूर्वाधारको व्यवस्थापनको काम भइरहेको छ।'

प्रकाशित: Jan 05, 2022| 22:40 बुधबार, पुस २१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।