सोमबार, वैशाख ८, २०८२

सडक मिचेर बनेका संरचना हटाइँदै

सडक डिभिजन कार्यालय जुम्लाले एक महिनादेखि थालेको सडक सुरक्षा अभियान अन्तरर्गत सडक डिभिजन, प्रहरी प्रशासन, चन्दननाथ नगरपालिका र नागरिक समाज एकजुट भएर सडक अतिक्रमण हटाउन थालिएको सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख राजीव श्रेष्ठले बताए।
 |  बुधबार, पुस २१, २०७८
nespernesper

नेपाल समय

नेपाल समय

बुधबार, पुस २१, २०७८

vianetvianet

खलंगा- सडक मिचेर बनेका भौतिक संरचना हटाउन थालिएको छ। सडक डिभिजन कार्यालय जुम्लाले एक महिनादेखि थालेको सडक सुरक्षा अभियान अन्तरर्गत सडक डिभिजन, प्रहरी प्रशासन, चन्दननाथ नगरपालिका र नागरिक समाज एकजुट भएर सडक अतिक्रमण हटाउन थालिएको सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख राजीव श्रेष्ठले बताए।  

triton college

सडक अतिक्रमण हटाउने काम राम्रो भएको नागरिक समाज जुम्ला अध्यक्ष राजबहादुर महतले बताए। पहिलेदेखि नागरिक समाजको अगुवाइमा सडक अतिक्रमण हटाउन बहस हुने गरेको थियो। सडकमा निर्माण भएका घर टहरादेखि अन्य भौतिक संरचना हटाउने काम जनमुखी भएको नागरिक समाजका अध्यक्ष महतले बताए। 

सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख राजीव श्रेष्ठका अनुसार सडकमा जथाभावी रुपमा राखिएका निर्माण सामग्री हटाइएको छ। अतिक्रमण क्षेत्रमा चिन्ह लगाउने काम भएको छ। पहिलो चरणमा बसपार्क क्षेत्रको निर्माण सामग्री हटाइको छ। नापी गरी सकेपछि मात्रै सडक अतिक्रमण गरी बनाएका संचरना भत्काउने तयारी रहेको कार्यालय प्रमुख श्रेष्ठले बताए। 

नगरपालिकाको मापदण्ड अनुसार सडक १५ मिटर चौडा हुनुपर्ने छ। त्यसमा एक मिटर फुटपाथका लागि छुट्याइएको थियो। पछिल्लो समय फुटपाथसमेत अतिक्रमण गरेर घर टहरा, होटल बनेका छन्। त्यसैले सडक क्षेत्र पूरै खाली गर्न नापी गरेर आफै व्यवस्थापन गर्न सुचित गरिने र अटेरी गरे एकहप्ताभित्रै डोजर प्रयोग गरेर संरचना भत्काइने सडक डिभिजन जुम्लाका प्रमुख श्रेष्ठले बताए।

सदरमुकाम खलङ्गा बजार मात्रै नभइ तातोपानी, लिताकोट, कुडारी, त्रिवेणी, रारालिहिमा पनि सडक अतिक्रमण बढेकाले हटाउने अभियान रहेको सडक डिभिजनले जनाएको छ।

National life insurance

प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसार्इंले पहुँचवालालाई छोड्ने र सामान्य नागरिकको संरचना भत्काउने नभइ अतिक्रमण भएको सबै क्षेत्र सहमति वा बल प्रयोग गरेर भए पनि हटाइने बताए। सडक सबै नागरिकको साझा सम्पत्ति भएकोले सडक सुरक्षा सबैको दायित्व भएको उनको भनाइ छ।  

अतिक्रमण हटाउन प्रहरी प्रशासन, सडक डिभिजनले मात्र सम्भव नभएकोले आम नागरिकको सहयोग आवश्यक रहेको प्रजिअ प्रसाईंले बताए। मंगलबार डोजर प्रयोग गरेर भत्काइने घरको आँगन, पर्खाल तथा निर्माण सामग्री हटाइएकोमा केही स्थानीयवासीले विरोधसमेत गरेका थिए। अतिक्रमण भएको जग्गा छोड्न तयार भएको तर नापी नक्शा गरेर मात्रै छोड्ने स्थानीयवासीको माग रहेको छ। 

सडक डिभिजनले अतिक्रमण भएको क्षेत्रमा चिन्ह लगाएको छ। केही दिनमा खाली नगरे सिधैं डोजर प्रयोग गरेर भत्काइनेसमेत चेतावनी दिइएको छ। सडक डिभिजन जुम्लाले पटक–पटक सार्वजानिक सूचनामार्फत कर्णाली राजमार्ग अन्तर्गत विभिन्न खण्डमा घर टहरा, घुम्ती पार्किंङ र निर्माण सामग्री हटाउन वा सडक अतिक्रमण नगर्न अनुरोध गरेपनि स्थानीयवासीले अटेरी गदै आएका थिए।

प्रकाशित: Jan 05, 2022| 22:15 बुधबार, पुस २१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।