बुधबार, भदौ ३, २०८३

किन भेटे रामचन्द्रले केपी ओली?

सत्तारुढ नेपाली कांग्रेस नेता तथा उच्चरस्तरीय राजनीतिक संयन्त्रका संयोजक रामचन्द्र पौडेल र प्रमुख प्रतिपक्षी दलका अध्यक्ष केपी शर्मा ओलीबीच बुधबार बेलुका भेटवार्ता भएको छ। कांग्रेस नेता पौडेल पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीलाई भेट्न बुधबार साँझ बालकोट पुगेका हुन्।
 |  बुधबार, पुस २१, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, पुस २१, २०७८

काठमाडौं - सत्तारुढ नेपाली कांग्रेस नेता तथा उच्चरस्तरीय राजनीतिक संयन्त्रका संयोजक रामचन्द्र पौडेल र प्रमुख प्रतिपक्षी दलका अध्यक्ष केपी शर्मा ओलीबीच बुधबार बेलुका भेटवार्ता भएको छ। कांग्रेस नेता पौडेल पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीलाई भेट्न बुधबार साँझ बालकोट पुगेका हुन्। 

कांग्रेस नेता पौडेलले एमाले अध्यक्ष ओलीलाई संसद्को डेडलक खुलाउन आह्वान गरेका छन्। सत्तारुढ नेपाली कांग्रेस नेता रामचन्द्र पौडेल र प्रमुख प्रतिपक्षी दलका अध्यक्ष केपी शर्मा ओलीबीच बुधबार बेलुका भेटवार्ता भएको छ। कांग्रेस नेता पौडेल पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीलाई भेट्न बुधबार साँझ बालकोट पुगेका हुन्। 

कांग्रेस नेता पौडेलले एमाले अध्यक्ष ओलीलाई संसद्को डेडलक खुलाउन आह्वान गरेका छन्। 

स्रोतका अनुसार नेता पौडेलले ओलीलाई संविधानमाथि आक्रमण भइरहेको र शीर्ष तहमा रहेका राजनीतिज्ञहरु जिम्मेवार हुनुपर्ने बताएका छन्। 

पौडेलले ओलीलाई भने, 'अदालत र संसद् प्याराजलाइज भयो। जसका कारण मुलुक नै डेडलक भयो। हामीले यत्रो संघर्ष गरेर ल्याएको संविधानमाथि आक्रमण भइरहेको छ। हामी जत्तिका जिम्मेवार राजनीतिज्ञले डेडलक नफुकाउने हो भने व्यवस्था र हामीप्रति नै वितृष्णा बढ्छ।'

जवाफमा ओलीले अटेर गर्ने, पेलेर अघि बढ्ने सभामुख हटाउनु पर्ने बताएका छन्। ओलीले माधवकुमार नेपालहरुलाई कारबाही गर्न सभामुख तयार नभएको र माधव नेपालसहितका १४ सांसदलाई कारबाही गरे मात्रै डेडलक खुल्ने बताएको स्रोतले जनाएको छ। 

जवाफमा नेता पौडेलले भने, 'प्रधानमन्त्रीसँग पनि कुरा गर्नुस्। सभामुख हटाउने पनि प्रक्रिया होला। कुरा त गर्न पर्ला नि। तर, अदालत र संसद्को डेडलक हटाउँ।' 

नेता पौडेल र अध्यक्ष ओलीबीच करिब एक घण्टा कुरा भएको जनाइएको छ। नेकपा एमालले लगातार संसद् अवरुद्ध गर्दै आएको छ। 


प्रकाशित: Jan 05, 2022| 19:21 बुधबार, पुस २१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...