शुक्रबार, चैत ६, २०८२

२४ घण्टामा ४३५ कोरोना संक्रमित थपिए

पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणका ४३५ जना थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. संगीताकौशल मिश्राले १० हजार २६७ जनाको परीक्षण गर्दा सो संख्यामा संक्रमण देखिएको जानकारी दिए।
 |  बुधबार, पुस २१, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, पुस २१, २०७८

काठमाडौं - पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणका ४३५ जना थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. संगीताकौशल मिश्राले १० हजार २६७ जनाको परीक्षण गर्दा सो संख्यामा संक्रमण देखिएको जानकारी दिए। 

National life

उनका अनुसार अहिलेसम्म पाँच हजार २२५ जना सक्रिय सङ्क्रमित रहेका छन्। पछिल्लो समय थप २३९ जना कोरोनाबाट निको भएर घर फर्किएका उनले बताए। योसँगै निको हुनेको सङ्ख्या आठ लाख १३ हजार १७६ पुगेको छ। निको हुने दर ९८ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ।

यस्तै प्रवक्ता डा. मिश्राले पछिल्लो २४ घण्टामा संक्रमणबाट कसैको पनि निधन नभएको जानकारी दिए। अहिलेसम्म ११ हजार ६०१ जनाको संक्रमणका कारणले निधन भएको छ। उनका अनुसार ५०० भन्दा बढी संक्रमण भएको जिल्ला काठमाडौं, ललितपुर र भक्तपुर रहेका छन्।

यस्तै २०० भन्दाबढी संक्रमित भएका जिल्लामा सुनसरी, कास्की, बाँके र कैलाली रहेका छन्। यस्तै शून्य संक्रमित भएका जिल्लामा रसुवा, मनाङ, मुस्ताङ, हुम्ला र मुगु रहेका छन्। नेपालमा संक्रमण दर १७ प्रतिशत रहेको छ। 

हाल होम आइसोलेसनमा चार हजार ८५२, संस्थागत आइसोलेशनमा ३७३, आइसियुमा ८४ र भेन्टिलेटरमा १४ जनाको उपचार भइरहेको छ। 

Laxmi sunrise bank
kumari

प्रकाशित: Jan 05, 2022| 18:41 बुधबार, पुस २१, २०७८
प्रतिक्रिया दिनुहोस्