शुक्रबार, चैत ६, २०८२

शिक्षा मन्त्रालयको निर्देशन - बढी शुल्क लिने मेडिकल कलेजलाई कारबाही गर्नू

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गैरकानुनी रुपबाट शुल्क असुल्ने मेडिकल कलेजलाई कारबाही गर्न विश्वविद्यालयलाई निर्देशन दिएको छ।
 |  बुधबार, पुस २१, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, पुस २१, २०७८

काठमाडौं - शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गैरकानुनी रुपबाट शुल्क असुल्ने मेडिकल कलेजलाई कारबाही गर्न विश्वविद्यालयलाई निर्देशन दिएको छ। 

National life

चिकित्सा शिक्षा आयोगको वेबसाइटबाट निर्धारित शुल्क सार्वजनिक गर्दा पनि अटेर गरी विद्यार्थीसँग मनलाग्दी शुल्क असुल्ने मेडिकल कलेजलाई कारबाही गर्न निर्देशन दिएको हो।

काठमाडौं मेडिकल कलेज र नोबेल मेडिकल कलेजमा बढी शुल्क लिएको भन्दै विद्यार्थीहरु आन्दोलित छन्। विद्यार्थीहरुले आन्दोलन चर्काएपछि शिक्षा मन्त्रालयले कारबाही गर्न निर्देशन दिएको हो।

सरकारले तोकिएभन्दा बढी शुल्क लिने मेडिकल कलेजहरूलाई सम्बन्धन खारेज गर्ने चेतावनीसमेत दिएको छ। चिकित्सा शिक्षा आयोगबाट निर्धारितभन्दा बढी शुल्क लिएको गुनासो आएको भन्दै मन्त्रालयले पटक–पटकको निर्देशन अवज्ञा गर्ने मेडिकल कलेजहरूको समबन्धन खारेज गर्ने चेतावनी दिएको हो।

बुधबार मन्त्रायलका प्रवक्ता दीपक शर्माद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘दिएको निर्देशनलाई बेवास्ता गरी गैरकाकूनी रुपमा विद्यार्थीबाट बढी शुल्क असुर गरिएमा राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ को दफा १४ बमोजिम कारबाही हुने व्यहोरा सूचित गरिन्छ।’

Laxmi sunrise bank
kumari

राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ को दफा १४ (क)मा निर्धारितभन्दा बढी शुल्क लिएमा सम्बन्धनको खारेजी गर्ने उल्लेख छ।

 विगतमा शिक्षा र गृह मन्त्रालयले समेत निर्धारित शुल्कभन्दला बढी रकम नलिन र लिइएको पाइए प्रचलित कानूनबमोजिम कारबाही भन्दै सम्बन्धित विश्वविद्यालयहरूलाई निर्देशन दिइसकेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले जानकारी दिए।

चिकित्सा शिक्षाको एमबीबीएस लगायतका शैक्षिक कार्यक्रमका लागि लिइने शुल्क राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ को दफा १८ मा उल्लेख गरिएको छ।

मन्त्रालय र आयोगले विद्यार्थीलाई तोकिएको भन्दा बढी शुल्क नबुझाउन आग्रह गरे पनि मेडिकल कलेजहरुले बढी शुल्क नबुझाए विद्यार्थीलाई परीक्षा दिनै वञ्‍चित गराउँदै आएका छन्।

 


प्रकाशित: Jan 05, 2022| 18:30 बुधबार, पुस २१, २०७८
प्रतिक्रिया दिनुहोस्