काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टी भित्र भाग नभइ न्याय चाहेको बताएका छन्। बुधबार बसेरा होटलमा आयोजित डा. शेखर कोइराला समूहको बैठकलाई सम्बोधन गर्दै थापाले पार्टीमा पार्टीमा नेताहरूको वरीयताबारे सभापति शेरबहादुर देउवालाई विगत सम्झाएको भए पनि अटेर गरेको बताएका हुन्।
डा. शेखरलाई वरिष्ठ नेता भनेर सम्बोधन गरेका थापाले महाधिवेशनबाट आफूहरुको नैतिक जित भएको दावी गरेका थिए।
उनले अप्ठ्यारो अवस्थामा भएको महाअधिवेशनमा शेखर समूहको नैतिक रुपमा जित भएको बताए।
‘रामचन्द्र दाइसहित मिलाएर जान प्रयत्न गरेका थियौं। मनोनयन गर्ने दिनसम्म सहमतिको प्रयास गर्दा तयारीका लागि समय पुगेन,’ उनले भने।
बागमती प्रदेश सकार गठन हुँदा न्याय नभएको उनको भनाइ थियो। ‘हामी भाग खोज्दैनौं। तर, बागमती प्रदेश सरकार हुँदा के भयो? त्यो सबैलाई थाहा छ। वरियताका विष्यामा विगतको अभ्यास पनि सम्झाएकै थियौं, के भयो त्यो पनि थाहै छ,’ उनले भने। उनले पार्टीमा ४० प्रतिशत मत ल्याएको शक्तिलाई इग्नोर गरेर पार्टी चलाउन खोजेर पार्टी नचल्ने बताए। ‘हामी भाग खोज्दैनौं। तर, ४० प्रतिशत मत ल्याएको शक्ति लाई इग्नोर गरेर पार्टी चल्न सक्दैन । हामी सभापतिलाई सहयोग गर्छौ तर हामीलाई इग्नोर गरे, त्यो सैह्य हुँदैन, विधि सम्मत पार्टी चलोस भन्ने हाम्रो चाहना हो,’ उनले भने।