काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारको न्यूनतम साझा कार्यक्रम कार्यान्वयन गर्न निर्देशन दिएका छन्।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजिक कार्यक्रममा प्रधानमन्त्री देउवाले यस्तो निर्देशन जारी गरेका हुन्।
न्यूनतम साझा कार्यक्रमको कार्यन्वयनका साथै, विकासमा प्राथमिकता र सुशासन प्रवर्द्वनका विषयमा प्रधानमन्त्रीले निर्देशन दिएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ।
'सरकारको न्यूनतम साझा कार्यक्रम, विकासका प्राथमिकता र सुशासन प्रवर्द्धनमा ध्यान केन्द्रित गर्नुहोस्,' प्रधानमन्त्री देउवाले भनेका थिए। कार्यक्रममा मन्त्रीहरू र मन्त्रालयका सचिवहरूको उपस्थिति थियो।