बुधबार, भदौ ३, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • शेखरको चेतावनी- सभापतिको लाइक र डिस्लाइकबाट व्यक्ति छनोट भए पार्टीमा दुर्घटना हुन सक्छ

शेखरको चेतावनी- सभापतिको लाइक र डिस्लाइकबाट व्यक्ति छनोट भए पार्टीमा दुर्घटना हुन सक्छ

नेपाली कांग्रेसका नेता शेखर कोइरालाले पार्टी सभापतिको चाहनाअनुसार व्यक्तिको छनोट भए पार्टीमा दुर्घटना हुन सक्ने चेतावनी दिएका छन्।
 |  बुधबार, पुस २१, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, पुस २१, २०७८

काठमाडौं- नेपाली कांग्रेसका नेता शेखर कोइरालाले पार्टी सभापतिको चाहनाअनुसार व्यक्तिको छनोट भए पार्टीमा दुर्घटना हुन सक्ने चेतावनी दिएका छन्। नेपाली कांग्रेसका आफूपक्षीय नेताहरूसँगको छलफलमा नेता कोइरालाले यस्तो चेतावनी दिएका हुन्। 

'सभापतिको लाइक र डिस्लाइकबाट व्यक्तिको छनोट भए पार्टीमा दुर्घटना हुन सक्छ,' कोइरालाले नेताहरूसँग भने, 'विधिविधान बाहिर गएर गरिने सबै कामहरु बन्द गर्न हामी एकढिक्का भएर प्रयत्न गर्ने कि नगर्ने? मलाई थाहा छ। हामी पार्टीको निर्णय गर्ने ठाँउमा प्रभावकारी हुन सक्दैनौँ होला तर पार्टी भित्र हुने सबै कार्यहरु न्यायसंगत, विधि र विधानसंगत, विवेकपूर्ण र व्यवहारिक तरिकाबाट निर्णय गरियोस् भन्ने चाहन्छौँ।'

आफूहरूका सामु थुप्रै चुनौती भएको उनको भनाइ छ। 'हाम्रा अघिका बाटा सहज छैनन्। तीन तहको निर्वाचन हाम्रो सामु छ। कांग्रेसलाई एक नम्बरको पार्टी बनाउन हामी देशभर साथीहरूसामु जानेछौँ,' उनले आग्रह गरेका छन्। 


प्रकाशित: Jan 05, 2022| 15:22 बुधबार, पुस २१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...