बुधबार, भदौ ३, २०८३

शेखर समूहको बैठक सुरु

महाधिवेशनको समीक्षाका लागि भन्दै शेखर कोइरालाले आफ्नो प्यानलबाट पदाधिकारी तथा केन्द्रीय सदस्य उठेका नेताहरूलाई छलफलमा बोलाएका छन्।
 |  बुधबार, पुस २१, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, पुस २१, २०७८

काठमाडौं- नेपाली कांग्रेसका नेता शेखर कोइरालाले बोलाएको आफूपक्षीय नेताहरूको बैठक सुरु भएको छ। कांग्रेस सभापति शेरबहादुर देउवाले केन्द्रीय समितिमा गरेको मनोनयन र राष्ट्रिय सभा उम्मेदवार छनौटमा आफूहरूसँग परामर्श नगरेको भन्दै असन्तुष्ट भएको शेखर समूहले बैठक बोलाएको हो। 

महाधिवेशनको समीक्षाका लागि भन्दै शेखर कोइरालाले आफ्नो प्यानलबाट पदाधिकारी तथा केन्द्रीय सदस्य उठेका नेताहरूलाई छलफलमा बोलाएका छन्।

कोइरालाको सचिवालयका अनुसार दिउँसो २ बजे सिंहदरबारअगाडि बसेरा होटलमा शेखर समूहका नेताहरूको छलफल सुरु भएको हो। कोइरालासहित उनी पक्षका नेताहरू मंगलबार पनि छलफलमा जुटेका थिए। 

सभापति देउवा एकलौटी हिसाबले अगाडि बढ्न खोजेको र ४० प्रतिशत मत ल्याएका कोइरालालाई शक्तिका रूपमा स्वीकार गर्न नखोजेको देखिएकोले छलफल गर्नुपर्ने अवस्थामा कोइराला पक्ष पुगेको हो। 

प्रकाशित: Jan 05, 2022| 15:10 बुधबार, पुस २१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...