शुक्रबार, जेठ ४, २०८१

‘ग्राउन्डेड’ जहाजको कथा, निगमलाई थप पौने ६ करोड घाटा

त्रिभुवन विमानस्थलमा यति बेला १५ वटा जहाज ग्राउन्डेड छन्। जहाज ग्राउन्डेड हुँदा एयरलाइन्स कम्पनीले ठूलो मात्रामा घाटा सहँदै आएका छन्।
 |  बुधबार, पुस २१, २०७८

लक्ष्मी विश्वकर्मा

लक्ष्मी विश्वकर्मा

बुधबार, पुस २१, २०७८

काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यति बेला १५ वटा जहाज ग्राउन्डेड छन्। जहाज ग्राउन्डेड हुँदा एयरलाइन्स कम्पनीले ठूलो मात्रामा घाटा सहँदै आएका छन्। त्यति मात्रै होइन, ग्राउन्डेड विमान व्यवस्थापनका लागि विमानस्थल प्रशासनलाई टाउको दुखाइ बनेको छ। 

triton college

सबैभन्दा बढी सरकारी ध्वजावाहक नेपाल वायुसेवा निगमका ९ वटा विमान ग्राउन्डेड छन्। यीमध्ये ६ वटा कामै नलाग्ने अवस्थामा पुगेका निगमका अधिकारी बताउँछन्। पाँच वटामा त खिया नै लागिसकेको छ। निगमका चार वटा जहाज मात्र सञ्चालनमा छन्। 

पछिल्लोपल्ट नेपाल वायुसेवा निगमको अन्तर्राष्ट्रिय उडानमा रहेका दुई जहाज एकै दिन ग्राउन्डेड भएका छन्। पुस १५ गते निगमको कलसाइन ९ एन एलवाई वाइडबडी (एयरबस ३३०) र नाइन एन एकेडब्ल्यू न्यारोबडी (एयरबस ३२०) ग्राउन्डेड भएका हुन्। निगमको जहाज ग्राउन्डेड भएको यो पहिलो घटना भने होइन। 

निगम प्रवक्ता अर्चना खड्काले आन्तरिकतर्फ २ वटा र अन्तर्राष्ट्रिय उडान भर्ने २ वटा जहाज चालू अवस्थामा रहेको जानकारी दिइन। उनले भनिन्, ‘तीन वर्षअघि किनेका दुई वटा वाइडबडी मात्रै बाह्य उडान गरिरहेका छन्। बाँकी सबै थन्किएका छन्।’ 

एउटा जहाजको मासिक न्यूनतम एक लाख रुपैयाँ पार्किङ शुल्क निगमले विमानस्थल कार्यालयलाई तिर्दै आएको छ।’

दुईमध्ये एक वाइडबडी जहाज ए ३३० मा पनि केही दिनअघि समस्या देखिएको थियो। काठमाडौं–नारिता उडानको तयारी गर्ने क्रममा एउटा विमानको इन्जिनमा समस्या देखिएको थियो। श्रीलंकाबाट पार्टपुर्जा भित्र्याएर निगमकै इन्जिनियरिङ टिमले मर्मत गरेपछि उक्त विमान चालू अवस्थामा रहेको प्रवक्ता खड्काले बताइन्। 

corrent noodles
Metro Mart

आठ वर्षदेखि ग्राउन्डेड छन् चिनियाँ विमान 

नेपाल र चीनबीच सरकारी स्तरमा भएको सम्झौताअनुसार चीनबाट ६ वटा जहाज ल्याइएको थियो। यति बेला ती जहाज थन्किँदा लाखौं रुपैयाँ घाटा भइरहेको छ। चिनियाँ जहाजको बिमा शुल्कसमेत अन्यको तुलनामा बढी तिर्नुपर्छ। 

निगमका नाइन एन–एकेक्यू, नाइन एन–एकेआर, नाइन एन–एकेयू, नाइन एन–एकेटी, नाइन एन–एसीबी र नाइन एन–एसीए विमान ग्राउन्डेड छन्। छमध्ये एउटा एमए–६० र एक वाई–१२ जहाज चिनियाँ अनुदानका हुन्। दुवै जहाज सन् २०१४ मा ल्याइसकिएको थियो। तीन वटा वाई–१२ र एउटा एमए–६० सहुलियत पूर्ण ऋणमा खरिद भएका हुन्। एमए–६० को सिट क्षमता ५६ छ भने वाई–१२ को क्षमता १९ छ।

यी जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ग्राउन्डेड हुँदा पार्किङ शुल्कबापत मासिक लाखौं खर्च हुन्छ। प्रवक्ता खड्का भन्छिन्, ‘एउटा जहाजको मासिक न्यूनतम एक लाख रुपैयाँ पार्किङ शुल्क निगमले विमानस्थल कार्यालयलाई तिर्दै आएको छ।’ ६ वटा विमानको पार्किङ शुल्कबापत निगमले विमानस्थललाई ७२ लाख रुपैयाँ तिर्दै आएको छ।

८ वर्षको रकम जोड्दा निगमले ग्राउन्डेड शुल्कमा मात्र पाँच करोड ७६ लाख खर्च गर्दै आएको छ। याे निगमलाई थप आर्थिक भार हो। यसबाहेक यी  विमानका लागि भएको खर्चको विवरण निकै लामो छ।

प्रवक्ता खड्काका अनुसार अब यी जहाज बेच्ने कि चीनलाई नै फिर्ता पठाउने भन्ने विकल्पमा छलफल भइरहेको छ। ‘जहाजका कारण थप आर्थिक भार सहन सकिने अवस्था छैन। छलफल भइरहेको छ। हामी चाँडै निचोडमा पुग्छौं’, उनले भनिन्। 

६ वटा चिनियाँ जहाजका लागि अनुदान, लगानी र भन्सारसहित सात अर्ब २४ करोड खर्च भएको थियो। यस्तै सञ्चालन घाटा दुई अर्ब ६० करोड गरी नौ अर्ब ८४ करोड रहेको निगमका अधिकारी बताउँछन्।

प्रशासनिक, बिमा खर्च र ऋणको बोझ बढेको बढ्यै छ। चीन सरकारले दुई अर्ब ९४ करोड ३० लाखमा दुई जहाज अनुदान दिएको थियो भने थप चार जहाज ल्याउँदा भन्सारसहित चार अर्ब ३० करोड लगानी भएको थियो। 

२०७१ वैशाखपछि पटकपटक गरी चार वर्ष लगाएर ल्याइएकामध्ये एउटा जहाज नेपालगन्ज विमानस्थलमा दुर्घटनामा परेर काम नलाग्ने भइसकेको छ। अन्तर्राष्ट्रिय विमानस्थलमा रहेका पाँच जहाजमा घामपानीले खिया लाग्दैछ। २०७१ असारदेखि आन्तरिक रुटमा उड्न थालेका चिनियाँ जहाज २०७७ साउन १५ सम्म सञ्चालनमा रहे पनि पूर्ण क्षमतामा कहिल्यै उडेनका छैनन। 

निगमले चिनियाँ जहाज उडाएको दोस्रो वर्षदेखि (२०७२ साल) नै सञ्चालन गर्न नसकिने जनाउँदै आएको हो। निगमले गत आर्थिक वर्षदेखि सरकारलाई चिनियाँ जहाज सञ्चालन गर्दा मुख्यतः ८ वटा समस्या देखिएको जनाउँदै सदाका लागि आफ्नो बेडा (फ्लिट) बाट हटाउने निर्णय गरेको थियो। 

जहाज ग्राउन्डेड हुँदा निगमका कतिपय पाइलट बेरोजगार बनेका छन्। ‘हामीले उडानको पालो पाएका छैनौं। जहाज थोरै छन्। महामारीका कारण पनि लामो समय जहाज थन्किए’, निगमका एक पाइलटले भने। आफूहरूले विमान उडान गर्ने पालो नपाउँदा पनि व्यवस्थापनमा भने विदेशी पाइलट खोज्नु आश्यर्चको विषय रहेको उनी बताउँछन्। 

निजी कम्पनीको जहाज पनि वर्षौदेखि ग्राउन्डेड

निजी विमान कम्पनीका जहाज पनि ग्राउन्डेड छन्। श्री एयर लाइन्सका चार, सौर्यका एक र गुणको एउटा विमान ग्राउन्डेड छन्। श्री एयरलाइन्सका नाइनएन– एजेए, नाइनएन– एएमओ, नाइनएन–एएमसी र नाइनएन – एडीके जहाज ग्राउन्डेड छन्। यीमध्ये दुई वटा जहाज एक वर्षभन्दा धेरै समयदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा थन्किएका छन्। अन्य दुई जहाज करिब एक महिनादेखि ग्राउन्डेड छन् ।

श्री एयरलाइन्सका कर्पोरेट म्यानेजर अनिल मानन्धर ग्राउन्डेड जहाज मर्मतका क्रममा रहेको बताउँछन्। उनी भन्छन्, ‘इन्जिनमा समस्या आएकाले ग्राउन्डेड भएका हुन्।’ एक वर्षदेखि ग्राउन्डेड जहाजका विषयमा उनले थप केही बताउन चाहेनन्।

सौर्य एयरलाइन्सको नाइन एन–एलई जहाज तीन वर्षदेखि ग्राउन्डेड छ। इन्जिनमा समस्या देखापरेपछि थन्किएको यो जहाज करिब नबन्ने अवस्थामा छ। सौर्य एरलाइन्सका बजार व्यस्थापक मुकेश खनाल भन्छन्, ‘मर्मत भइरहेको छ। इन्जिन फेर्नुपर्ने भएकाले लामो समय लाग्न सक्छ। उनले जहाज कामै नलाग्ने अवस्थामा भने नपुगेको दाबी गरे।

‘विमान लामो समयसम्म ग्राउन्डेड हुँदा खुला स्थान त घटाउनु साथै यसले विमानको अभावसमेत बढाउँछ।’

गुण एयरलाइन्सको नाइन एन–एजीआई विमान ६ महिनादेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ग्राउन्डेड छ।  एयरलाइन्सका बजार व्यस्थापक उज्ज्वल थापा मर्मतका लागि समयमै पार्टपुर्जा नपाएकाले जहाज ग्राउन्डेड भएको बताउँछन्। उनी भन्छन्, ‘लामो समयपछि सामान पाएका छौं। अब मर्मत सुरु हुनेछ।’ यात्रुको चाप नभएकाले पनि जहाज चाँडो मर्मत गर्न आवश्यक नभएको उनी बताउँछन्।

नेपाल नागरिक उड्डयन प्राधिकरणका निर्देशक देवचन्द्रलाल कर्ण लामो समय विमान ग्राउन्डेड हुँदा उड्डयन क्षेत्रलाई घाटा भइरहेको बताउँछन्। उनी भन्छन्, ‘बिजनेस गर्न अर्बौँ खर्च गरी ल्याएको जहाज ग्राउन्डेड हुँदा कम्पनीलाई त घाटा हुन्छ नै हामीलाई पनि घाटा भइरहेको छ।’ प्राधिकरणले विमान सञ्चालन हुँदा पाउने शुल्क ग्राउन्डेड हुँदा पाउँदैन। उनी भन्छन्, ‘विमान लामो समयसम्म ग्राउन्डेड हुँदा खुला स्थान त घटाउनु साथै यसले विमानको अभावसमेत बढाउँछ।’ त्यसैले चाँडो मर्मत गरेर चलाउन सम्बन्धित वायु सेवा कम्पनीलाई आग्रह गर्दै आएको उनको भनाइ छ।

प्रकाशित: Jan 05, 2022| 14:41 बुधबार, पुस २१, २०७८
प्रतिक्रिया दिनुहोस्