बुधबार, भदौ ३, २०८३

माओवादी महाधिवेशनबाट ‘म हो वाद’मा झरेको भीम रावलको टिप्पणी

नेकपा एमालेका नेता भीम रावलले महाधिवेशनपछि माओवादी केन्द्र ‘म हो वाद’मा झरेको टिप्पणी गरेका छन्।
 |  बुधबार, पुस २१, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, पुस २१, २०७८

काठमाडौं- नेकपा एमालेका नेता भीम रावलले महाधिवेशनपछि माओवादी केन्द्र ‘म हो वाद’मा झरेको टिप्पणी गरेका छन्। माओवादी महाधिवेशनको निर्वाचन प्रक्रियाले जनवादलाई ‘म हो वाद’मा झारेको रावलले टिप्पणी गरेका हुन्।

माओवादीको महाधिवेशनबारे सामाजिक सञ्जाल ट्विटरमा टिप्पणी गर्दै रावलले भनेका छन्, ‘माओवादी केन्द्रको अधिवेशनको निर्वाचन प्रक्रियाले जनवादलाई 'म हो वाद’ मा झारेको देखियो।’ माओवादीमा महाधिवेशन प्रतिनिधिले चुन्न र चुनिन पाउने अधिकार कुण्ठित गरिएको पनि रावलको भनाइ छ।

उनले ट्विटरमा लेखेका छन्, ‘महाधिवेशनमा प्रतिनिधिहरूको चुन्न र चुनिन पाउने अधिकार कुण्ठित वा हनन गर्ने कार्य जनवाद कदापि ठहर्दैन। यस्तो कार्यलाई ’विशिष्ट लोकतान्त्रिक अभ्यास’ भन्नु मनपरीतन्त्रमाथि पर्दा हाल्ने चेष्टा हो।’ 

नेकपा माओवादी केन्द्रको नौ दिन चलेको महाधिवेशन पदाधिकारी चयन नगरी सकिएको थियो। महाधिवेशनमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले २ सय ३६ जना केन्द्रीय सदस्यको नाम प्रस्ताव गरेका थिए। उक्त प्रस्ताव बन्दसत्रले पारित गरेको थियो। 

महाधिवेशन सकिएको भोलिपल्ट बसेको नवगठित केन्द्रीय कमिटीको बैठकले अध्यक्ष पदमा प्रचण्डलाई निरन्तरता दिने निर्णय गरेको थियो। अहिलेसम्म वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिव र कोषाध्यक्षसहित १४ पदाधिकारी चयन गर्न सकेको छैन।



प्रकाशित: Jan 05, 2022| 12:55 बुधबार, पुस २१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...