काठमाडौं- नेपाली कांग्रेस सिरहा जिल्ला सभापति रामचन्द्र यादवलाई गोली हान्ने धम्की दिएका एसपी हिराबहादुर पाण्डे निलम्बनमा परेका छन्।
पूर्वसांसदसमेत रहेका सभापति यादवको घरमा राति गएको देखिएपछि थप अनुसन्धान गर्न तीन महिनाका लागि निलम्बन गरिएको प्रहरी प्रवक्ता एसएसपी बसन्त कुँवरले जानकारी दिए।
जिल्ला प्रहरी कार्यालय सिराहाका प्रमुख रहेका एसपी पाण्डेले आफ्नो सरुवा गराएको भन्दै कांग्रेसका सिरहा जिल्ला सभापति यादवलाई गोली हान्ने धम्की दिएका थिए। आइतबार मध्यरातमा जिरोमाइलस्थित आफ्नै घरमै आएर गाली गलौजका साथै गोली हानी मारिदिने धम्की दिएको भन्दै सभापति यादवले पाण्डेलाई निलम्बन गर्न माग गरेका थिए।
२०७८ असार ८ मा एसपी पाण्डे जिल्ला प्रहरी कार्यालय सिरहा सरुवा भएर आएका थिए। तर, एक वर्ष नबित्दै प्रहरी प्रधान कार्यालयले तानिएपछि उनी आक्रोशित थिए।