शुक्रबार, चैत ६, २०८२

कञ्चनपुरमा कोरोना संक्रमित बढ्दै

भारतमा कोरोनाको संक्रमण बढ्न थालेपछि नेपाल फर्कनेको संख्या बढेसँगै यहाँ पनि सो संख्यामा वृद्धि भएको हो।
 |  बुधबार, पुस २१, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, पुस २१, २०७८

कञ्चनपुर- कञ्चनपुरमा कोरोना संक्रमितको संख्या बढ्न थालेको छ। भारतमा कोरोनाको संक्रमण बढ्न थालेपछि नेपाल फर्कनेको संख्या बढेसँगै यहाँ पनि सो संख्यामा वृद्धि भएको हो। 

National life

जिल्ला स्वास्थ्य कार्यालयका अनुसार कोरोनाका सक्रिय संक्रमितको संख्या ४१ पुगेको छ। मंगलबारमात्रै १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। भीमदत्त नगरपालिकामा ६, कृष्णपुर नगरपालिकामा एक तथा पश्चिमी सीमानाका हुँदै भारतबाट नेपाल प्रवेश गरेका आठ जनामा संक्रमण देखिएको छ।

एन्टिजेन विधिबाट गरिएको परीक्षणमा नौ जनाको नतिजा पोजेटिभ आएको छ भने पिसीआर विधिबाट गरिएको परीक्षणमा ६ जनाको नतिजा पोजेटिभ आएको छ।

कोरोना परीक्षणको नतिजा पोजेटिभ आएकामध्ये एक जना महाकाली अस्पतालको आइसोलेशनमा छन्। बाँकी सबै होमआइसोलेशनमा छन्।

यसैगरी सीमानाका त्रिनगर हुँदै नेपाल भित्रिएकाको एन्टिजेन विधिबाट कोरोना परीक्षण गरिएकामा १६ जनाको नतिजा पोजेटिभ आएको छ। हालसम्म कञ्चनपुरमा नौ हजार ८५ जनामा कोरोना पोजेटिभ पाइएको छ। हालसम्म आठ हजार ८२३ जना निको भएका छन्। 

Laxmi sunrise bank
kumari

हालसम्म २०५ जनाको कोरोनाबाट मृत्यु भएको छ। मंगलबारमात्रै सीमानाका गड्डाचौकी हुँदै नेपाल भित्रिएका यात्रुको संख्या ४८२ रहेको छ।

भित्रिनेमा पुरुष २९९, महिला १०० र बालबालिका ३२ छन्। नेपालबाट भारततर्फ जानेको संख्या ४३५ रहेको छ। सोही अवधिमा सीमानाका त्रिनगर हुँदै नेपाल फर्किएका यात्रुको संख्या ३०९ तथा भारततर्फ जानेको संख्या २५९ छ।

प्रकाशित: Jan 05, 2022| 10:58 बुधबार, पुस २१, २०७८
प्रतिक्रिया दिनुहोस्