बुधबार, भदौ ३, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • राष्ट्रियसभा सदस्यका उम्मेदवारले ३ लाख ५० हजार भन्दा बढी खर्च गर्न नपाउने

राष्ट्रियसभा सदस्यका उम्मेदवारले ३ लाख ५० हजार भन्दा बढी खर्च गर्न नपाउने

आयोगले आज गोरखापत्रमा एक सुचना जारी गर्दै एक उम्मेदवारले बढिमा ३ लाख ५० हजारसम्म मात्रै खर्च गर्न पाउने गरी सीमा तोकेको हो।
 |  बुधबार, पुस २१, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, पुस २१, २०७८

काठमाडौं- निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्य निर्वाचनको खर्च सीमा तोकेको छ। आयोगले आज गोरखापत्रमा एक सुचना जारी गर्दै एक उम्मेदवारले बढिमा ३ लाख ५० हजारसम्म मात्रै खर्च गर्न पाउने गरी सीमा तोकेको हो। 

उम्मेदवारले मतदाता नामावली खरिदमा एक हजार, सवारी साधनमा सत्तरी हजार र सवारी इन्धनमा १० हजारसम्म मात्रै खर्च गर्न पाउने गरी आयोगले सिमा तोकेको छ। यस्तै  प्रचार प्रसार सामग्री १४ हजार ५ सय, ढुवानी १० हजार  गोष्ठी/अन्तरक्रिया एक लाख, अन्य प्रचार/प्रसार, छापा एवं विद्युतीय माध्यम १४ हजार ५ सय कार्यालय सञ्चालन ७० हजार, प्रतिनिधि परिचालन ३० हजार खर्च गर्न पाउने आयोगले  जनाएको छ। 

माघ १२ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचन प्रयोजनका लागि राष्ट्रिय सभा सदस्य निर्वाचन नियमावली २०७६ को नियम ४६ को उपनियम (१) सँग सम्बन्धित अनुसूची-१ मा उल्लेख भए अनुसार तीन लाख पचास हजार रुपैयाँसम्म खर्च गर्नेगरी सीमा निर्धारण गरिएको जारी सूचनामा उल्लेख छ। 

१९ सिटका लागि ४३ जना उमेदवारले मनोनय दर्ता गराएका छन्। माघ १२  गते हुने निर्वाचनका लागि हिजो ९ राजनीतिक दलका ४३ जनाले लागि उम्मेदवारी दिएका हुन्। उनीहरुले सातवटै प्रदेशको निर्वाचन कार्यालय पुगेर उम्मेदवारी दर्ता गराएका थिए। उनीहरुका लागि आयोगले खर्चको सीमा निर्धारण गरेको हो।

प्रकाशित: Jan 05, 2022| 08:18 बुधबार, पुस २१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...