बुधबार, भदौ ३, २०८३

शेखर कोइरालाले बोलाए आफू पक्षीय नेताहरूको बैठक

नेपाली कांग्रेसका नेता शेखर कोइरालाले आफू पक्षीय नेताहरूको बैठक आह्वान गरेका छन्।
 |  बुधबार, पुस २१, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, पुस २१, २०७८

काठमाडौं- नेपाली कांग्रेसका नेता शेखर कोइरालाले आफू पक्षीय नेताहरूको बैठक आह्वान गरेका छन्। कांग्रेसको १४औं महाधिवेशनमा सभापति पदमा शेरबहादुर देउवासँग पराजित भएका नेता कोइरालाले आफूनिकट नेतालाई छलफलका लागि बोलाएका हुन्।

महाधिवेशनको विस्तृत रूपमा समीक्षा गर्न कोइरालाले आफ्नो प्यानलबाट पदाधिकारी तथा केन्द्रीय सदस्य उठेका नेताहरूलाई बोलाएको कोइरालाको सचिवालयले जनाएको छ।

कोइरालाको सचिवालयका अनुसार आज दिउँसो २ बजे सिंहदरबारअगाडि बसेरा होटलमा बैठक बस्नेछ। कोइरालासहित उनी पक्षका नेताहरू मंगलबार पनि छलफलमा जुटेका थिए। 

सभापति देउवा एकलौटी हिसावले अगाडि बढ्न खोजेको र ४० प्रतिशत मत ल्याएका कोइरालालाई शक्तिका रूपमा स्वीकार गर्न नखोजेको देखिएकोले छलफल गर्नुपर्ने अवस्थामा आफूहरू पुगेको कोइराला पक्षका नेताहरूले बताएका छन्।

प्रकाशित: Jan 05, 2022| 07:40 बुधबार, पुस २१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...