मंगलबार, असार ३०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • डा केसीको समर्थनमा बृहत प्रदर्शन, पूर्वप्रधानन्यायाधीसहरु पनि सहभागी हुने

डा केसीको समर्थनमा बृहत प्रदर्शन, पूर्वप्रधानन्यायाधीसहरु पनि सहभागी हुने

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- मेडीकल शिक्षा सुधारको माग राख्दै दुई हप्ता देखि १५ औं आमरण अनशनमा रहेका प्रा डा गोविन्द केसीको समर्थनमा आज काठमाडौमा बृहत प्रदर्शन हुने भएको छ। 

पूर्वप्रधानन्यायाधिश, पूर्वमन्त्री देखि सामाजिक अगुवाहरुको सहभागीतामा काठमाडौको माइतीघर मण्डलामा प्रदर्शन गर्ने तयारी भएको हो।
 
शनिबार मध्यान्न १२ बजेपछि हुने प्रदर्शनमा पूर्वप्रधानन्याधिशद्धय शुशीला कार्की र कल्याण श्रेष्ठ, पुर्वस्वास्थ्य मन्त्री गगन कुमार थापा, माथेमा कार्यदलका संयोजक केदारभक्त माथेमा, नागरिक अगुवाहरु कृष्ण पहाडी, चरण प्रसाईं, उज्ज्वल थापा, रविन्द्र मिश्रलगायत प्रदर्शनमा सहभागी हुने जनाइएको छ।
 
डा केसी १५ औँ पटकको अनशन बसेको पनि १५औं दिन भइसक्दा पनि सरकारले समस्या समाधानतर्फ चासो नदिएको भन्दै उनीहरुले सरकारलाई दबाब दिन सडकमा उत्रिनु परेको बताएका छन्।
 
राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेश-२०७४ अनुसार नै ऐन बन्नुपर्नेलगायत स्वास्थ्य क्षेत्र सुधारका लागि सात सूत्रीय माग राखेर जुम्लामा अनशनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्था थप जटिल बनेको छ।

मस्तिष्कमा देखिएको समस्या कारण उनी छिनछिनमा अर्धचेत हुने गरेको डा केसीका सहयोगी डा. जीवन क्षेत्रीले जानकारी दिए।
 
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा अनशनरत डा. केसीमा छाती दुख्ने, कमजोरीले चक्कर लाग्ने, वाकवाकी हुने, पेट दुख्ने, पिसावमा बढी किटोनजस्ता समस्या देखिएको डा क्षेत्रीले बताए।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।