शुक्रबार, वैशाख १४, २०८१

लुम्बिनीबाट माओवादी केन्द्रीय कमिटीमा पुरानै अनुहार

पदाधिकारीको दाबेदार रहेका पूर्वसभामुख कृष्णबहादुर महरा, वर्षमान पुन,ओनसरी घर्ती, चक्रपाणि खनाल ‘बलदेव’, डिलाराम आचार्य लुम्बिनीका नेता हुन्। महरा दाङका हुन् भने वर्षमान र ओनसरी रोल्पाका हुन्। खनाल कपिलवस्तु र आचार्य अर्घाखाँचीबाट प्रतिनिधित्व गर्छन्।
 |  बुधबार, पुस २१, २०७८

विनोद परियार

विनोद परियार

बुधबार, पुस २१, २०७८

बुटवल- नेकपा माओवादी केन्द्रमा लुम्बिनीबाट अधिकांश पुरानै अनुहार दोहिरिएका छन्। महाधिवेशनको आठौं दिन पुष्पकमल दाहाल प्रचण्डले घोषणा गरेको २३६ जनामध्ये ३६ जना लुम्बिनीबाट केन्द्रीय सदस्यमा परेका छन्। यीमध्ये अधिकांश पुरानै अनुहार दोहोरिएका हुन्। 

triton college

पदाधिकारीको दाबेदार रहेका पूर्वसभामुख कृष्णबहादुर महरा, वर्षमान पुन, ओनसरी घर्ती, चक्रपाणि खनाल ‘बलदेव’, डिलाराम आचार्य लुम्बिनीका नेता हुन्। महरा दाङका हुन् भने वर्षमान र ओनसरी रोल्पाका हुन्। त्यस्तै खनाल कपिलवस्तु र आचार्य अर्घाखाँचीबाट प्रतिनिधित्व गर्छन्।  

यी पाँचै जनाले पदाधिकारीको दाबी गरेका छन्। आइतबार सकिएको आठौं महाधिवेशनले केन्द्रीय सदस्यको मात्रै नाम टुंग्याएको छ। त्यसपछि बसेको बैठकले अध्यक्षमा प्रचण्डलाई चुनेको छ। यद्यपि वर्षमान पुन स्वास्थ्य उपचारबाट फर्किए लगत्तै पदाधिकारी टुग्यांउने तयारी गरिएको छ। उनी स्वास्थ्योपचारका क्रममा हाल चीनमा छन्।

रोल्पा, प्युठान र रुकुम आधारभूमि बनाएर हाल दाङ र बर्दिया बसोबास गर्ने नेताहरु पनि केन्द्रीय कमिटीमा अटेका छन्। 

माओवादीको तत्कालीन जनविद्रोहका बेला आधार इलाका मानिएको रोल्पा र रुकुमबाट केन्द्रीय कमिटीमा  पर्नेहरु धेरै छन्। रोल्पाबाट लुम्बिनीका मुख्यमन्त्री कुलप्रसाद केसी, उनकी पत्‍नी तारा घर्ती, जोगबहादुर महतारा, दीपेन्द्र पुन, वसन्त घर्ती मगर परेका छन्। त्यस्तै रुकुमबाट दलजित श्रीपाली, गणेशमान पुन, कमला रोका, लक्ष्मी पुन केन्द्रीय कमिटीमा समेटिएका छन्। 

रोल्पा, प्युठान र रुकुम आधारभूमि बनाएर हाल दाङ र बर्दिया बसोबास गर्ने नेताहरु पनि केन्द्रीय कमिटीमा अटेका छन्। दाङबाट महरासहित रेखा शर्मा, दामा शर्मा, इन्द्रजित थारु, निर्मल आचार्य, हेमराज शर्मा पोख्रेल, सुबोध श्रीपाली छन्। बर्दियाबाट तिलकराम शर्मा, कृष्ण कुसुम चौधरी, सन्तराम थारु, अन्जु दहित केन्द्रीय कमिटीमा समेटिएका छन्। बाँकेबाट महेश्वर गहतराज, अन्जना चौधरी, पूर्ण सुवेदी छन्। प्युठानबाट कृष्णध्वज खड्का र नारायण अधिकारी छन्। कपिलवस्तुबाट चक्रपाणि र डोरप्रसाद उपाध्याय गरी २ जना समेटिएका छन्। नवलपरासी पश्चिमबाट घनश्याम यादव र सीता बौडेल केन्द्रीय सदस्य भएका छन्। 

corrent noodles
Metro Mart
माओवादीका नेता एवम् लुम्बिनीका पूर्वमन्त्री सुदर्शन बरालले लुम्बिनी आधारभूमि भएकाले नेताहरु धेरै समेटिएको बताए। उनका अनुसार लुम्बिनीबाट ३६ जना केन्द्रीय कमिटीमा समेटिएका छन्। 

रुपन्देहीबाट वामदेव क्षेत्री र हकिउल्लाह खाँ केन्द्रीय सदस्य बनेका छन्। अर्घाखाँचीबाट डिलाराम आचार्य र सुशीला श्रीपाली समेटिएका छन्। गुल्मी र पाल्पाबाट भने माओवादी केन्द्रको केन्द्रीय कमिटीमा प्रतिनिधित्व छैन। कुनै जिल्लामा आधा दर्जनकै हाराहारीमा केन्द्रीय कमिटीमा नाम पठाउँदा दुई जिल्ला भने शून्य बनेको हो। वसन्त घर्तीलाई पाल्पाको प्रतिनिधिका रुपमा भने माओवादीले केन्द्रीय कमिटीमा लगेको जनाएको छ। यद्यपि घर्तीको जन्मस्थल रोल्पा हो। 

लुम्बिनीले माओवादीको द्वन्द्वकालमा योगदान गरेको क्षेत्र भएकाले तुलनात्मक रुपमा सातवटै प्रदेशमा लुम्बिनीबाट प्रतिनिधित्व गर्नेहरु धेरै छन्। अन्य केही नेताहरुलाई भूगोलबाट नहेरिएको माओवादी नेताहरु बताउँछन्। माओवादीका नेता एवम् लुम्बिनीका पूर्वमन्त्री सुदर्शन बरालले लुम्बिनी आधारभूमि भएकाले नेताहरु धेरै समेटिएको बताए। उनका अनुसार लुम्बिनीबाट ३६ जना केन्द्रीय कमिटीमा समेटिएका छन्। 

प्रकाशित: Jan 05, 2022| 12:07 बुधबार, पुस २१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।