शनिबार, जेठ २, २०८३

चिकित्सा शिक्षा स्‍नातकोत्तर तहको प्रवेश परीक्षा माघमा (परीक्षा तालिका र निर्धारित कोटासहित)

चिकित्सा शिक्षा आयोगले स्‍नातकोत्तर तहको एकीकृत प्रवेश परीक्षाको तालिका र निर्धारित सिट संख्या सार्वजनिक गरेको छ।
 |  मंगलबार, पुस २०, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, पुस २०, २०७८

काठमाडौं - चिकित्सा शिक्षा आयोगले स्‍नातकोत्तर तहको एकीकृत प्रवेश परीक्षाको तालिका र निर्धारित सिट संख्या सार्वजनिक गरेको छ।

National life

आयोगले माघको ८ गतेदेखि १० गते दिउँसो ११ बजे देखि २ बजेसम्म एक हजार ७१२ सिटमा प्रवेश परीक्षा सञ्‍चालन गर्नेगरी तालिका सार्वजनिक गरेको हो।

आयोगले शैक्षिक सत्र ०७७-०७८ का लागि स्‍नातकोत्तर तहमा ३७ शिक्षण संस्थाहरूमा एमडी, एमएस, एमडीएस, एमएन, एमपीएच, एमएससीको लागि सिटसंख्या निर्धारण गरेको जनाएको छ।

बीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, विराट मेडिकल कलेज, जनस्वास्थ्य केन्द्रीय विभाग, चितवन मेडिकल कलेज, कलेज अफ मेडिकल साइन्सेज, सिस्ट कलेज, टिचिङ हस्पिटल, गन्डकी मेडिकल कलेज, हिमालय आई इन्स्टिच्युट, जानकी मेडिकल कलेज, कान्तिपुर डेन्टल कलेज ,कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, काठमाडौं मेडिकल कलेज, काठमाडौं विश्वविद्यालय स्कूल अफ मेडिकल साइन्स, किष्ट मेडिकल कलेज लगायको कोटा निर्धारण गरेको छ।

प्रवेश परीक्षासम्बन्धी तालिका

निर्धारित कोटा संख्या

प्रकाशित: Jan 04, 2022| 19:00 मंगलबार, पुस २०, २०७८
प्रतिक्रिया दिनुहोस्