बुधबार, भदौ ३, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • राष्ट्रिय सभा : १९ पदका लागि ४४ जनाको उम्मेदवारी, कुन प्रदेशमा कसको उम्मेदवारी?

राष्ट्रिय सभा : १९ पदका लागि ४४ जनाको उम्मेदवारी, कुन प्रदेशमा कसको उम्मेदवारी?

१९ सिटका लागि हुने निर्वाचनमा सहभागी हुने उम्मेदवारहरुले मंगलबार सातवटै प्रदेशस्थित निर्वाचन कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराएका हुन्। उम्मेदवारी दर्ता गर्न दलका उम्मेदवार प्रतिनिधिहरु बाजागाजासहित निर्वाचन कार्यालय पुगेका थिए।
 |  मंगलबार, पुस २०, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, पुस २०, २०७८

काठमाडौं - आगामी माघ १२ गते हुने राष्ट्रिय सभा सदस्यको निर्वाचनका लागि ४४ जना उम्मेदवारले मनोनयन दर्ता गराएका छन्। १९ सिटका लागि हुने निर्वाचनमा सहभागी हुने उम्मेदवारहरुले मंगलबार सातवटै प्रदेशस्थित निर्वाचन कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराएका हुन्। उम्मेदवारी दर्ता गर्न दलका उम्मेदवार प्रतिनिधिहरु बाजागाजासहित निर्वाचन कार्यालय पुगेका थिए। 

प्रतिपक्षी दल एमालेले १९ वटै सिटमा उम्मेदवारी दर्ता गराएको छ। सत्तारुढ गठबन्धनले १९ सिटमा साझा उम्मदेवार उठाएका छन्। कांग्रेसले ६ सिट लिएको छ भने माओवादी र एकीकृत समाजवादीले ५-५ सिट पाएका छन्। जसपाले २ र राजमोले एक सिट गरी पाँच दलीय गठबन्धनले १९ सिटमा तालमेल गरेका छन्। महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी र नेपाल मजदुर किसान पार्टीले पनि दुई–दुई सिटमा उम्मेदवार उठाएका छन्।  

प्रदेश १ मा राष्ट्रिय सभा सदस्यको तीन पदका लागि आठ जनाले उम्मेदवारी दर्ता गराएका छन्। प्रदेश २ मा दुई राष्ट्रिय सभा सदस्यका लागि ६ जनाले उम्मेदवारी दर्ता गराएका छन्। बागमती प्रदेश तर्फको दुई सिटको निर्वाचनमा सत्तागठबन्धनको तर्फबाट दुई जना र एमालेका तर्फबाट दुई जनाले उम्मेदवारी दर्ता गराएका छन्।

त्यसैगरी, नेमकिपाबाट पुरुषतर्फ कृष्णबहादुर तामाङ र महिलामा गीता काफ्लेले उम्मेदवारी दर्ता गरेको बागमती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोर्साइले जानकारी दिए। 

गण्डकी प्रदेशमा राष्ट्रिय सभा सदस्यको ३ पदमा हुने निर्वाचनका लागि गठबन्धन र नेकपा एमालेले उम्मेदवारी दर्ता गराएको छ। राष्ट्रिय सभामा निर्वाचनका लागि लुम्बिनी प्रदेशबाट ६ जनाले उम्मेदवारी दर्ता गरेका छन्। सत्तारुढ दलका तर्फबाट तीन जना र नेकपा एमालेका तर्फबाट तीन जनाले उम्मेदवारी दर्ता गराएका हुन्। 

कर्णाली प्रदेशमा तीन पदका लागि ६ जनाले उम्मेदवारी दर्ता गराएका छन्। सुदूरपश्चिम प्रदेशमा तीन सदस्य राष्ट्रिय सभा सदस्यका लागि ६ जनाले उम्मेदवारी दिएका छन्। सत्ता गठबन्धनका तर्फबाट र नेकपा एमालेका तर्फबाट तीन तीन जनाले उम्मेदवारी दिएका हुन्। 

राष्ट्रिय सभा सदस्यको निर्वाचनमा प्रदेश सभा सदस्य र स्थानीय तहका प्रमुख तथा उपप्रमुखले मतदान गर्नेछन्। निर्वाचनका लागि प्रदेशसभा सदस्य तथा पालिका प्रमुख र उपप्रमुख गरी २ हजार २५ मतदाता कायम छन्। निर्वाचनमा प्रदेशसभा सदस्यको मतभार ४८ र पालिका प्रमुख तथा उपप्रमुखको मतभार १८ हुनेछ। मतदान माघ १२ गते हुनेछ।

प्रकाशित: Jan 04, 2022| 18:32 मंगलबार, पुस २०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...