मंगलबार, असार ३०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • केन्द्रमा ४५ र प्रदेशमा १६ हजार कर्मचारी रहने, तपार्इँको प्रदेशमा कति?

केन्द्रमा ४५ र प्रदेशमा १६ हजार कर्मचारी रहने, तपार्इँको प्रदेशमा कति?

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- सरकारले केन्द्र र प्रदेशमा रहने कर्मचारीको दरबन्दी टुङ्ग्याएको छ । 

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव शंकर कोइरालाको संयोजकत्वमा गठित संगठन तथा व्यवस्थापन सर्वेक्षण समितिले केन्द्र र प्रदेशमा रहने कर्मचारीको दरबन्दी टुङ्ग्याएको मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले जानकारी दिए। 

उनका अनुसार संघमा ४५ हजार ८१५ र प्रदेशमा १६ हजार ५७० कर्मचारी रहनेछन्। यसअघि समितिले स्थानीय तहको अन्तरिम व्यवस्थापनका लागि ५७ हजार ६९० कर्मचारीको दरबन्दी टुङ्ग्याएको थियो। 

केन्द्र र प्रदेशको दरबन्दीलाई मन्त्रिपरिषद्को बैठकबाट स्वीकृत गराएर लागू गरिने मन्त्रालयका प्रवक्ता अधिकारीले बताए। 

उनका अनुसार प्रदेश नं १ मा दुई हजार ८०८, प्रदेश नं २ मा दुई हजार ३४३, प्रदेश नं ३ मा दुई हजार ६७३, गण्डकी प्रदेशमा ४ मा दुई हजार २४७, प्रदेश नं ५ मा दुई हजार ५९७, कर्णाली प्रदेशमा एक हजार ८४२ र प्रदेश नं ७ मा दुई हजार ६० कर्मचारीको दरबन्दी रहने छ। 

प्रदेश तहमा पहिला क्षेत्रीय र अञ्चल कार्यालयमा रहेका कर्मचारी खटाइनेछ। उनले थारु आयोग, समावेशी आयोग, दलित आयोग, आदिवासी आयोग, मुस्लिम आयोग बाहेकका संवैधानिक आयोगमा रहने कर्मचारी दरबन्दी अझै टुङ्गिएको छैन्। 

अहिले करीब एक लाख १७ हजार दरबन्दीमा करीब एक लाख छ हजार मात्र कर्मचारी कार्यरत छन्। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।