सोमबार, फागुन १८, २०८२

लोसपाका एक उम्मेदवार राष्ट्रिय सभाको उम्मेदवारीबाट वञ्‍चित

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का एक उम्मेदवार उम्मेदवारी दर्ता गराउनबाट वञ्‍चित भएका छन्।
 |  मंगलबार, पुस २०, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, पुस २०, २०७८

जनकपुरधाम- लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का एक उम्मेदवार उम्मेदवारी दर्ता गराउनबाट वञ्‍चित भएका छन्। लोसपाले राष्ट्रिय सभामा उम्मेदवारीका लागि अन्य समूहबाट उम्मेदवारीका लागि प्रदेश निर्वाचन आयोगको कार्यालय पुगेका श्यामसुन्दर सरदारले उम्मेदवारीबाट वञ्चित भएका हुन्। 

उनी उम्मेदवारी दर्ता गराउन पुगे पनि आर्थिक लाभ लिने पदमा कार्यरत रहेको र प्रदेश सभाको समानुपातिक तर्फको बन्द सूचीमा उनको नाम रहेकाले उनी उम्मेदवार बन्‍न नसकेको प्रदेश २ का निर्वाचन अधिकृत पुष्पा झाले जानकारी दिइन्।

सप्तरीको कञ्‍चनरुप निवासी सरदार प्रदेश २ सरकारले गठन २०७८ फागुन ६ मा गठन गरेको दलित विकास समितिका सदस्य समेत हुन्। यसका साथै उनी समितिबाट आर्थिक लाभ लिइरहेका छन्। राष्ट्रिय सभा निर्वाचन निर्देशिकामा आर्थिक लाभको पदमा रहेका व्यक्तिले उम्मेदवारी दिन नपाउने व्यवस्था छ। 

श्यामसुन्दर सरदार उम्मेदवारीबाट वञ्‍चित भएपछि प्रदेश २मा राष्ट्रियसभाको २ पदका लागि ४ दलबाट ५ जनाको उम्मेदवारी परेको हो। त्यस्तै लोसपाबाट महिला कोटामा रुपा यादवको उम्मेदवारी मात्रै परेको छ। 

प्रकाशित: Jan 04, 2022| 17:51 मंगलबार, पुस २०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।