मंगलबार, असार ३०, २०८३

गंगामाया मुख्य, गोविन्द केसी दोस्रो 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- राजधानी काठमाडौंबाट शनिबार प्रकाशित दैनिक पत्रपत्रिकाहरुले गंगामाया अधिकारीलार्इ मुख्य समाचारको पात्र बनाएका छन्। 

छोरा कृष्णप्रसाद अधिकारीको हत्यारालार्इ कारबाहीको माग गर्दै विगत ४६ दिनदेखि अनशनरत गंगामाया अधिकारीले अनशन तोडेको विषयलार्इ राजधानीबाट प्रकाशित दैनिक पत्रपत्रिकाको पहिलो पृष्ठमा विभिन्न शीर्षकसहित मुख्य समाचार बनाएका छन्। 

त्यसैगरी मेडिकल शीक्षा सुधारको माग राख्दै विगत १५ दिनदेखि अनशनरत डा गोविन्द केसीलार्इ दोस्रोमा स्थान दिएका छन्। सबै दैनिक पत्रपत्रिकाहरुले विभिन्न कोणबाट गोविन्द केसी, उनको अनशन, चिकित्सकको आन्दोलन, सरकारको अनशन तोडाउने पहल तथा केसीको स्वास्थ्य अवस्थालगायतका विषयलार्इ केन्द्रमा राखेर समाचार प्रकाशित गरेका छन्। 

कान्तिपुर दैनिकमा नवनियुक्त प्रधान सम्पादक नारायण वाग्लेले सामाजिक बहसका विषयलार्इ मुख्य समाचारमा तानेका छन्। कान्तिपुर दैनिकले गंगामायाले अाँशु झार्दै गरेको तस्बिरसहित 'गंगामायाले तोडिन् अनशन' शीर्षकमा समाचार छापेको छ। कान्तिपुरले लेखेको छ, 'छोराको हत्यारालार्इ कारबाहीको माग गर्दै पटक-पटक अनशन बस्दै आएकी गंगामाया अधिकारीले पछिल्लो अनशन ४६ औं दिनमा आएर तोडेकी छन्।'

त्यसैगरि कान्तिपुर दैनिकले गविन्द केसीको विषयमा चिकित्सक आन्दोलित, कारबाही गर्ने सरकारको चेतावनी, डा केसी पटक-पटक अचेत, जबर्जस्ती राजधानी ल्याउँछौं: शिक्षामन्त्री लगायतका शीर्षकमा दोस्रो स्थानमा समाचार प्रकाशित गरेको छ।  

त्यसैगरी अन्नपूर्ण पोष्टले गंगामायाले तोडिन् अनशन' शीर्षकमा समाचार प्रकाशित गरेको छ। त्यसैगरी केसीलार्इ पहिलो पृष्ठको पुछारमा केसीप्रति सरकार कठोर शीर्षकमा समाचार छापेको छ। अन्नपूर्णले लेखेको छ, 'मेडिकल शिक्षा सु्धारको माग राख्दै विगत १४ दिनदेखि अनशन डा गोविन्द केसीप्रति सरकार अझै कठोर बन्दै गएको छ।'

त्यसैगरी नागरिक दैनिक, नयाँ पत्रिका दैनिक, काठमाडौं पोष्ट, दी हिमालय टाइम्सलगायतले पनि यसैगरी पहिलो गंगामाया र दोस्रो गोविन्द केसीलार्इ प्राथमिकतामा राखेर समाचार प्रकाशन गरेका छन्। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।