बुधबार, भदौ ३, २०८३

राष्ट्रियसभा निर्वाचन : जसपा र लोसपाबाट दुई–दुई जना उम्मेदवार

जनता समाजवादी पार्टी जसपाले राष्ट्रियसभा निर्वाचनका लागि दुई जना उम्मेदवारको नाम टुंगो लगाएको छ।
 |  मंगलबार, पुस २०, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, पुस २०, २०७८

काठमाडौं– जनता समाजवादी पार्टी जसपाले राष्ट्रियसभा निर्वाचनका लागि दुई जना उम्मेदवारको नाम टुंगो लगाएको छ।जसपाले  प्रदेश १ को अल्पसङ्ख्यक समूहबाट हेमराज राई र प्रदेश २ को खुला समूहबाट खादिल सिद्दिकीलाई उम्मेदवार बनाउने निर्णय गरेको नेता मनीष सुमनले जानकारी दिए।

लोकतान्त्रिक समाजवादी पार्टी लोसपाले पनि राष्ट्रिय सभा निर्वाचनका लागि प्रदेश २ मा उम्मेदवारको नाम टुंग्याएको छ। लोसपाका नेता सुरेन्द्रकुमार झाले सप्तरीका श्याम सरदार अन्य समूहबाट र महोत्तरीकी रुपाकुमारी यादवलाई महिला समूहबाट उम्मेदवार बनाउने निर्णय भएको जानकारी दिए।

नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा र नेकपा एकीकृत समाजवादी पार्टीले पनि राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवारी टुंग्याइसकेको छ।

राष्ट्रियसभाको निर्वाचन आगामी माघ १२ गते हुँदैछ। यसका लागि मंगलबार उम्मेदवार दर्ता हुँदैछ। सम्बन्धित प्रदेशको निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ताका लागि बिहान १० बजेदेखि ३ बजेसम्मको समय तोकिएको छ। आयोगको निर्वाचन कार्यक्रमबमोजिम राष्ट्रियसभा सदस्यको रिक्त १९ पदका लागि माघ १२ गते मतदान हुनेछ।

प्रकाशित: Jan 04, 2022| 13:45 मंगलबार, पुस २०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...