शुक्रबार, चैत ६, २०८२

शिक्षकको जिल्लान्तर सरुवा फुकुवा

केन्द्रले जिल्लान्तर सरुवा गर्दा शिक्षकको खुला विज्ञापन र बढुवालाई असर नपर्ने गरी सरुवा गर्न शिक्षा विकास तथा समन्वय एकाइलाई निर्देशन दिएको हो।
 |  मंगलबार, पुस २०, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, पुस २०, २०७८

काठमाडौं – शिक्षा तथा मानवस्रोत विकास केन्द्रले शिक्षकको जिल्लान्तर सरुवा फुकुवा गरेको छ। केन्द्रले जिल्लान्तर सरुवा गर्दा शिक्षकको खुला विज्ञापन र बढुवालाई असर नपर्ने गरी सरुवा गर्न शिक्षा विकास तथा समन्वय एकाइलाई निर्देशन दिएको हो।

National life

केन्द्रले पारस्परिकबाहेक अन्य सरुवाको सन्दर्भमा केन्द्रबाट खुद पुल दरबन्दी कायम भएको स्थानीय तहमा खुद पुल दरबन्दी कायम रहेसम्म जिल्लान्तर सरुवा गर्न नपाइने तर, जिल्लान्तर सरुवा भई शिक्षक आउन चाहेको स्थानीय तहमा दरबन्दी मिलानको कार्य सम्पन्न भइसकेको भए मात्र सरुवा गर्न सकिने जनाएको छ।

केन्द्रले जिल्लान्तर सरुवा गर्दा समान तह र श्रेणी, विषय मिल्ने भाएमा नियमानुसार रिक्त स्थानमा सरुवा गर्न सकिने जनाएको छ। २०७८ साल चैत मसान्तसम्मको रिक्त दरबन्दी शिक्षक सेवा आयोगमार्फत विज्ञापन भएकोले परीक्षापछि राजीनामा, जिल्लान्तर सरुवा या कुनै कारण शिक्षकको मृत्यु भई पद रिक्त भएको अवस्थामा मात्र सो पदमा सरुवा गर्न सकिने केन्द्रका निर्देशक वसन्त कोइरालाले जानकारी दिए।

जिल्लान्तर सरुवा गर्दा शिक्षकको बढुवालाई असर नपर्ने गरी सरुवा गर्न शिक्षा विकास तथा समन्वय एकाइलाई निर्देशन दिएको केन्द्रले जनाएको छ।
जिल्लान्तर सरुवा गर्दा शिक्षकको बढुवालाई असर नपर्ने गरी सरुवा गर्न शिक्षा विकास तथा समन्वय एकाइलाई निर्देशन दिएको केन्द्रले जनाएको छ।

शिक्षकको पारस्परिक सरुवा गर्दा समान तह, श्रेणी र विषय अनिवार्य रुपमा मिलेको हुनुपर्ने, समान तह तर फरक श्रेणीको शिक्षक बीच पारस्परिक सरुवा गर्दा शिक्षक सेवा आयोगको शिक्षक बढुवाको विज्ञापन तथा बढुवाको सम्भाव्य उम्मेदवारलाई प्रभाव पर्ने गरी सरुवा गर्न नपाइने केन्द्रको निर्देशनमा उल्लेख छ।

पारस्परिक सरुवामा शिक्षा नियमावलीको नियम ९९ को (२ क) अनिवार्य रुपमा पालना गरी सरुवापछि राजीनामा दिने शिक्षकको सेवा अवधिको आधारमा न्यूनतम एक वर्ष अनिवाय सेवा गर्ने (उमेरको आधारमा अनिवार्य अवकाश हुने बाहेक) व्यवस्था मिलाई त्यसपछि मात्र राजीनामा स्वीकृत गर्न केन्द्रले निर्देशन दिएको छ। 

Laxmi sunrise bank
kumari

जिल्लान्तर सरुवा गरी रिक्त पद परिपूर्ति गर्दा शिक्षक सेवा आयोगमा विज्ञापनका लागि पठाइएको पदमा पदपूर्ति गर्न नपाइने केन्द्रले स्पष्ट पारेको छ।

प्रकाशित: Jan 04, 2022| 13:25 मंगलबार, पुस २०, २०७८
प्रतिक्रिया दिनुहोस्