मंगलबार, असार ३०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • एउटा निहुँ झिकेर दुर्इ जना ठिंग उभिँदैमा संसद रोकिदैन: प्रधानमन्त्री

एउटा निहुँ झिकेर दुर्इ जना ठिंग उभिँदैमा संसद रोकिदैन: प्रधानमन्त्री

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौँ, असार २९: प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको चासोका विषयमा बहस गर्ने थलो संघीय संसद्लाई कोही मान्छेको स्वार्थ पूरा गर्ने गरी प्रयोग गर्न नहुने बताएका छन्।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का ३ नं प्रदेशका सांसदहरुसँगको शुक्रबारको भेटमा प्रधानमन्त्री ओलीले एउटा निहुँ झिकेर दुईजना सांसद ठिंग उभिँदा संसद्का सबै गतिविधि अवरुद्ध नहुने बताएका छन्। 

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले झिनामसिना कुरा झिकेर संसद्को कारबाही अवरुद्ध गर्न नहुने भन्दै प्रधानमन्त्री ओलीले दुईचारजना मानिसले गलत नियतले संसद् रोक्दैमा अब नरोकिने बताए। प्रधानमन्त्री ओलीले साउन महिना भित्रै पार्टीका सबै कमिटीलाई पूर्णता दिने प्रतिबद्धता व्यक्त गर्दै देश विकासमा ध्यान दिन ३ नं प्रदेशका सबै सांसदलाई अपिल गरे। 

सरकार भ्रष्टाचार रोक्न प्रतिबद्ध रहेको भन्दै प्रधानमन्त्री ओलीले सरकार असफल नहुने र जनताको भरोसालाई सधैँ शिरोधार्य गर्ने बताए। 

सांसदहरु कृष्णभक्त पोख्रेल, रामनारायण विँडारी, पार्वत गुरुङ, विरोध खतिवडा, महेश बस्नेत, कृष्णराज दाहाल, अञ्जना विशंखे, बिमला पौडेल राई, सुजिता शाक्य, कृष्ण राई, हितबहादुर तामाङ, गोमा देवकोटा लगायतले समसामयिक राजनीतिक विषयमा प्रधानमन्त्रीलाई जानकारी गराउएका थिए। रासस 

 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।