बुधबार, भदौ ३, २०८३

राष्ट्रिय सभा सदस्यको उम्मेदवारी दर्ताको समय आज

आउँदो माघ १२ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि मंगलबार उम्मेदवारी दर्ता हुँदै छ।
 |  मंगलबार, पुस २०, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, पुस २०, २०७८

काठमाडौं- आउँदो माघ १२ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि मंगलबार उम्मेदवारी दर्ता हुँदै छ। सम्बन्धित प्रदेशको निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ताका लागि बिहान १० बजेदेखि ३ बजेसम्मको समय तोकिएको छ।

आयोगका सहायक प्रवक्ता कोमलप्रसाद धमलाले सातवटै प्रदेशमा स्थापित निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता हुने जानकारी दिएका छन्। आयोगको निर्वाचन कार्यक्रमबमोजिम राष्ट्रिय सभा सदस्यको रिक्त १९ पदका लागि माघ १२ गते मतदान हुनेछ।

प्रदेश १ मा विराटनगर, प्रदेश २ मा जनकपुरधाम, बागमतीमा हेटौंडा, गण्डकीमा पोखरा, लुम्बिनीमा घोराही, कर्णालीमा वीरेन्द्रनगर र सुदूरपश्चिमको धनगढीमा स्थापित निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन दर्ता हुने आयोगले जनाएको छ। निर्वाचनमा भाग लिन १२ वटा दल आयोगमा दर्ता भएका छन्। राष्ट्रिय सभामा रिक्त १९ सदस्यमध्ये सात महिला, तीन दलित, दुई अपांगता भएका व्यक्ति वा अल्पसङ्ख्यक र सात जना अन्य समूहबाट निर्वाचित हुनेछन्।

आयोगका अनुसार प्रदेश १ बाट तीन, प्रदेश २ बाट दुई, बागमतीबाट दुई, गण्डकीबाट तीन, लुम्बिनीबाट तीन, कर्णालीबाट तीन र सुदूरपश्चिमबाट तीन जना निर्वाचित हुनेछन्। नेकपा (एमाले)का १२, माओवादी केन्द्रका चार र नेपाली कांग्रेसबाट निर्वाचित तीन जना राष्ट्रिय सभा सदस्यको पदावधि सकिएपछि निर्वाचन हुन लागेको हो।

प्रकाशित: Jan 04, 2022| 07:05 मंगलबार, पुस २०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...