बुधबार, भदौ ३, २०८३

राष्ट्रियसभा सदस्य निर्वाचन : कर्णालीको मतभारको स्थिति के छ?

प्रदेश निर्वाचन कार्यालय सुर्खेतले कर्णालीबाट निर्वाचित हुने तीन सदस्यका लागि सोमबार मतदाताको अन्तिम नामावली प्रकाशन गरेको छ भने मंगलबार उम्मेदवारको मनोनयन दर्ताको कार्यतालिका रहेको जनाएको छ।
 |  सोमबार, पुस १९, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, पुस १९, २०७८

सुर्खेत - राष्ट्रियसभामा रिक्त हुने तीन सदस्यका लागि माघ १२ गते हुने निर्वाचनको प्रक्रिया सुरु भइसकेको छ। प्रदेश निर्वाचन कार्यालय सुर्खेतले कर्णालीबाट निर्वाचित हुने तीन सदस्यका लागि सोमबार मतदाताको अन्तिम नामावली प्रकाशन गरेको छ भने मंगलबार उम्मेदवारको मनोनयन दर्ताको कार्यतालिका रहेको जनाएको छ। 

कर्णालीमा स्थानीय तहका प्रमुख-उपप्रमुख १५६ र प्रदेशसभाका ३५ गरी १९१ जना मतदाता छन्। प्रदेश निर्वाचन अधिकारी एवं सहायक निर्वाचन अधिकृत दुर्गाप्रसाद चालिसेले मंगलबार उम्मेदवारको मनोनयन दर्ता हुने बताए। उनका अनुसार कर्णालीमा महिला एक, अन्य एक र अपांगता-अल्पसङ्ख्यक क्लस्टरबाट एक गरी तीन सदस्यमा निर्वाचन हुँदैछन्। 

महिलाबाट कविता बोगटी (हुम्ला), अपाङ्गताबाट जीवन बुढा (कालीकोट) र अन्यबाट ठगेन्द्रप्रकाश पुरी (रुकुम पश्चिम) को पदावधि सकिँदैछ। दलहरुले उम्मेदवारी दिँदा सम्बन्धित क्लस्टरबाटै दिनुपर्नेछ। 

राष्ट्रियसभा सदस्य निर्वाचनमा मतदान गर्ने अधिकार स्थानीय तहका प्रमुख-उपप्रमुख र प्रदेशसभाका सदस्यलाई मात्र छ। स्थानीय तहका प्रमुख-उपप्रमुखको मतभार १८ तथा प्रदेशसभा सदस्यको मतभार ४८ हुने कानुनी व्यवस्था छ। राष्ट्रियसभा निर्वाचनमा कर्णालीमा सबैभन्दा बढी मत नेकपा (माओवादी केन्द्र) सँग छ। माओवादी केन्द्रका स्थानीय तहमा प्रमुख÷उपप्रमुख गरी ५२ र प्रदेशसभामा १२ सदस्य छन्। 

माओवादी केन्द्रमा स्थानीय तहबाट ९३६ र प्रदेशसभाबाट ५७६ मत गरी एक हजार ५१२ मत छ। नेकपा एमालेका स्थानीय तहका प्रमुख-उपप्रमुख गरी ४५ र प्रदेशसभा सदस्य १३ जना छन्। स्थानीय तहबाट ८१० र प्रदेशसभाबाट ६२४ मत हुन आउँछ। यो भनेको एमालेको कूल एक हजार ४३४ मत हो। 

नेपाली कांग्रेससँग स्थानीय तहका प्रमुख-उपप्रमुखको ७२० तथा प्रदेशसभा सदस्यको २८८ गरी कूल एक हजार आठ मत छ। एमाले विभाजनपछि बनेको नेकपा (एकीकृत समाजवादी) मा स्थानीय तहका प्रमुख÷उपप्रमुख गरी १३ र प्रदेशसभाका ३ जना मतदाता छन्। स्थानीय तहको मतभार २३४ र प्रदेशसभा सदस्यको मतभार १४४ गरी एकीकृत समाजवादीको कूल मत ३७८ रहेको छ। राप्रपाको एक जना प्रदेशसभा सदस्य भएकाले उसको मतभार ४८ मात्र छ।

प्रकाशित: Jan 03, 2022| 20:06 सोमबार, पुस १९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...