बुधबार, भदौ ३, २०८३

पदाधिकारी चयन नगरी माओवादीको पहिलो बैठक स्थगित

नेकपा माओवादी केन्द्रको पहिलो केन्द्रीय कमिटी बैठक पदाधिकारी चयन नगरी स्थगित भएको छ। माओवादीको आठौं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक सोमबार बसेको थियो।
 |  सोमबार, पुस १९, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, पुस १९, २०७८

काठमाडौं- नेकपा माओवादी केन्द्रको पहिलो केन्द्रीय कमिटी बैठक पदाधिकारी चयन नगरी स्थगित भएको छ। माओवादीको आठौं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक सोमबार बसेको थियो। 

बैठकले अध्यक्षमा पुष्पकमल दाहाल प्रचण्डलाई चयन गर्दै स्थगित गरिएको हो। पदाधिकारीमा सहमति नभएपछि बैठक २५ गते पुनः बस्‍ने गरी स्थगित गरिएको हो।

यसअघि आइतबार सोमबारको केन्द्रीय कमिटी बैठकबाट पदाधिकारी चयन गरिने बताइएको थियो। तर, सोमबार बसेको बैठकले भने अध्यक्षमा प्रचण्डलाई मात्र चयन गरेको छ। 

प्रचण्डले पदाधिकारी पनि सर्वसम्मतबाट नै चयन गरिने बताएका छन्। माओवादीको आठौं महाधिवेशन आइतबार आठौं दिन २३६ केन्द्रीय सदस्यहरु चयन गर्दै सकिएको घोषणा गरिएको थियो। 

माओवादी केन्द्रको केन्द्रीय कमिटी २९९ सदस्यीय हुने प्रावधान छ। जसमा १५ जना पदाधिकारीको व्यवस्था गरिएको छ। 

प्रकाशित: Jan 03, 2022| 17:49 सोमबार, पुस १९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...