बुधबार, भदौ ३, २०८३

पार्टी नेतृत्वमा २०४६ सालदेखि निरन्तर प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड २०४६ सालदेखि अटुट रुपमा पार्टीको नेतृत्वमा रहँदै आएका छन्।
 |  सोमबार, पुस १९, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, पुस १९, २०७८

काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड २०४६ सालदेखि अटुट रुपमा पार्टीको नेतृत्वमा रहँदै आएका छन्। माओवादीको महाधिवेशनबाट हालै निर्वाचित केन्द्रीय सदस्यहरुको बैठकले सर्वसम्मत अध्यक्षमा चयन गरेसँगै प्रचण्ड तीन दशकभन्दा बढी समय लगातार पार्टी नेतृत्वमा पुगेका हुन्।

२०२८ सालमा नेकपाको पुष्पलाल समूहमा पार्टीको सदस्यता लिएर राजनीतिक जीवन थालेका प्रचण्डले बादल, मित्र दवाडी, खेम भण्डारी र पुष्प भुर्तेलससँग मिलेर २०३१ सालमा मार्क्सवादी अध्ययन समूह गठन गरेका थिए। उनी २०३४ सालमा चौथो महाधिवेशनमा प्रवेश गरी २०३५ सालमा पूर्णकालीन कार्यकर्ता र २०३६ सालमा चितवन जिल्ला समिति सदस्यमा निर्वाचित भएका थिए। उनी २०३८ मा क्षेत्रीय ब्युरो सदस्य एवं अखिल नेपाल युवक संघको केन्द्रीय समितिको महासचिव भई २०४० मा संघको केन्द्रीय अध्यक्षमा निर्वाचित भएका थिए। 

२०४१ मा नेकपा (मशाल) को पाँचौं महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित, २०४२ मा पोलिटब्युरो सदस्य, २०४६ मा महामन्त्री र २०४८ सालमा नेकपा (एकताकेन्द्र) को महामन्त्री भए। यसैगरी २०५१ सालमा तत्कालीन नेकपा–एकता केन्द्रको प्रथम राष्ट्रिय सम्मेलनपछिको बसेको तेस्रो विस्तारित बैठकपछि पार्टीको नाम फेरेर नेकपा (माओवादी) राखेपछि महामन्त्री भएका प्रचण्डले २०५२ सालदेखि सुरु भएको हिंसात्मक विद्रोहको नेतृत्व गरेका थिए। २०५७ सालमा दोस्रो राष्ट्रिय सम्मेलनबाट नेकपा माओवादीको अध्यक्ष भए।

२०५८ माजनमुक्ति सेना नेपालको सर्वोच्च कमान्डर रहेका प्रचण्ड २०६३ साल असार २ गते बालुवाटारमा पत्रकार सम्मेलन गरी काठमाडौंमा भूमिगत जीवनबाट सार्वजनिक भएका थिए। २०६५ साल साउनमा गणतन्त्र नेपालको प्रथम प्रधानमन्त्रीमा निर्वाचित भए। प्रचण्ड २०६९ सालमा हेटौंडामा सम्पन्न राष्ट्रिय सम्मेलनबाट अध्यक्ष पदमा निर्वाचित भए। २०७० सालमा विराटनगरमा सम्पन्न एकताको महाधिवेशनबाट उनी पुनःअध्यक्ष पदमा निर्वाचित भए। 

२०६४ सालमा सम्पन्न संविधानसभा निर्वाचनमा काठमाडौं–१० र रोल्पा–२ बाट निर्वाचित भएका दाहाल संविधान सभाको दोस्रो निर्वाचनमा २०७० मा सिरहा क्षेत्र नं–५ बाट निर्वाचित प्रचण्ड २०७३।०४।१९ गते व्यवस्थापिका–संसदमा ३६३ सदस्यको बहुमत प्राप्त गरी दोस्रापटक प्रधानमन्त्रीमा निर्वाचित भएका थिए।

२०७४ सालको संघीय संसद् सदस्यको निर्वाचनमा प्रचण्ड चितवन ३ बाट निर्वाचित भएका थिए। तत्कालीन एमाले र नेकपा माओवादी केन्द्रबीच एकीकरण भएर बनेको नेकपामा प्रचण्ड अध्यक्ष भएका थिए। २०७७ फागुन २३ गते सर्वोच्च अदालतको फैसलापछि नेकपा भंग भई दुवै पार्टी पूर्ववत् अवस्थामा पुगेको थियो। त्यसपछि माओवादी केन्द्रको अध्यक्ष दाहालले रहँदै आएका थिए।

प्रकाशित: Jan 03, 2022| 17:32 सोमबार, पुस १९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...