बुधबार, भदौ ३, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • महेश, मिनेन्द्र र चन्द्रलाई केन्द्रीय सदस्य मनोनित नगरेकोप्रति पोखरेलको आपत्ति

महेश, मिनेन्द्र र चन्द्रलाई केन्द्रीय सदस्य मनोनित नगरेकोप्रति पोखरेलको आपत्ति

नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रा. डा. गोविन्दराज पोखरेलले पार्टी सभापति शेरबहादुर देउवाले केन्द्रीय सदस्यमा महेश आचार्य, मिनेन्द्र रिजाल र चन्द्र चण्डारीलाई मनोनित नगरेकोप्रति आपत्ति जनाएका छन्।
 |  सोमबार, पुस १९, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, पुस १९, २०७८

काठमाडौं- नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रा. डा. गोविन्दराज पोखरेलले पार्टी सभापति शेरबहादुर देउवाले केन्द्रीय सदस्यमा महेश आचार्य, मिनेन्द्र रिजाल र चन्द्र चण्डारीलाई मनोनित नगरेकोप्रति आपत्ति जनाएका छन्। 

सभापति देउवालाई सम्बोधन गर्दै लेखिएको एक पत्रमार्फत १४ औं महाधिवेशन सम्पन्‍न भएपछि सभापतिले दिएको अभिव्यक्ति दुई हप्तामा नै शंकाको घेरामा परेको बताएका छन्। यसअघि सभापति देउवाले 'मलाई भोट दिने र नदिने सबै कांग्रेसका साथीहरुको सभापति हुँ' भन्‍ने अभिव्यक्ति दिएका थिए। जसले गर्दा वडादेखि केन्द्रसम्म समूह-समूहमा आन्तरिक निर्वाचनमा प्रतिस्पर्धा गरेका सबैले तिक्तता बिर्सेर एकजुट भइ अब हुने सबै तहको निर्वाचनमा विजय हासिल गर्ने माहोल बनेको भए पनि उनको अभिव्यक्ति दुई हप्ता भित्र नै शंकाको घेरामा परेको उनले बताए। 

उनले भनेका छन्, 'आदरणीय पूर्व सभापति तथा पूर्व प्रधानमन्त्री स्व. गिरीजा प्रसाद कोईरालाको पालामा स्वयं आदरणीय सभापतिज्यू पनि सरकारमा भएका बेलामा पार्टीले सुरु गरेको आर्थिक सुधारको लागि मरिमेटी लागेका अर्थ विज्ञ आदरणीय महेश आचार्य, पार्टी विपक्षमा हुँदा संसद्‌मा विकास र अर्थतन्त्रमा शसक्त आवाज उठाउने मिनेन्द्र रिजाल र उर्जावान नेता डा. चन्द्र भण्डारीलाई उहाँहरुका प्रतिद्वन्द्वीहरुलाई मनोनित गर्दा उहाँहरुलाई आफ्नो नठान्‍नुमा सभापतिज्यूले विभेद गरेको महसुस भएको छ।'

केन्द्रीय सदस्य पोखरेलले केपी शर्मा ओलीको साढे तीन वर्ष सरकार चलाउँदा डामाडोल भएको अर्थतन्त्र अझै ट्रयाकमा आउन नसकेकोसमेत उनले बताएका छन्। 

उनले सडक र विद्युतीय प्रसारण लाइन क्षेत्रमा निर्माण कार्य ढिलो र गुणस्तरीय नभएको, विकास खर्च कम भएको, बजारमा तरलताको समस्या भएकोलगायत अर्थतन्त्रको सूचकहरूमा अपेच्छित सधार हुन नसकेकोप्रति पनि उनले पार्टीको ध्यानाकर्षण गराएका छन्। 


प्रकाशित: Jan 03, 2022| 16:29 सोमबार, पुस १९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...