बुधबार, भदौ ३, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • माओवादीमा १२ दम्पती चुनिएको विषयमा राम कार्कीको असन्तुष्टि : मिडियाले कमान्डरको भूमिका बुझेनन्

माओवादीमा १२ दम्पती चुनिएको विषयमा राम कार्कीको असन्तुष्टि : मिडियाले कमान्डरको भूमिका बुझेनन्

नेकपा माओवादी केन्द्रका नेता राम कार्कीले नेपाली मिडियाले नारीको भूमिका नबुझेको बताएका छन्।
 |  सोमबार, पुस १९, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, पुस १९, २०७८

काठमाडौं– नेकपा माओवादी केन्द्रका नेता राम कार्कीले नेपाली मिडियाले नारीको भूमिका नबुझेको बताएका छन्। माओवादी केन्द्रीय समितिमा १२ जना दम्पती चयन गरिएको विषयमा सञ्चारकर्मीसँग गुनासो गर्दै उनले भने, ‘मिडियामा आएजसरी परिवारवाद भएको होइन।’

उनले केन्द्रीय सदस्यमा चयन भएका महिलाहरूको आन्दोलनमा विशेष भूमिका रहेको बताए। कार्कीले भने, ‘उनीहरु त कमान्डर हुन्। जो जो आएका छन्, उनीहरूका पतिलाई छाडेर हेर्ने हो भने उनीहरूको आफ्नै भूमिका छ।’ 

उनले माओवादी केन्द्रीय सदस्यमा छनोट भएका महिलाहरू आफैं योग्य रहेको बताए। कार्कीले अन्य विषयमा भने मिडियाले आलोचना गर्दा आफूलाई सन्चो हुने बताए। उनले भने, ‘तर मैले महाधिवेशनमा पेस गरेको फरक मतमा तपाईंहरुले चर्चा नै गर्नु भएन।’ उनले स्वस्थ ढंगले मिडियाले आलोचना गर्ने हो त्यसको सुनुवाइ हुने बताए।

उनले क्रान्तिकारी पार्टी बनाउनका लागि निरन्तर संघर्ष गरिरहने बताए। उनले युद्ध गर्न गठन गरिएको पार्टीलाई बिस्तारै सुधार सुधार हुँदै अघि बढिरहेको पनि बताए। उनले पार्टीबाहिरका मानिसलाई नेतृत्वमा नल्याएको दाबी गरे। 


प्रकाशित: Jan 03, 2022| 16:25 सोमबार, पुस १९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...