बुधबार, भदौ ३, २०८३

महाधिवेशनमा हारेका कांग्रेस नेतालाई राष्ट्रिय सभामा अवसर

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको सहमहामन्त्रीमा चुनाव लडेर पराजित भएकी कमला पन्त पनि राष्ट्रिय सभा निर्वाचनका लागि उम्मेदवार बनाइएकी छन्। उनलाई गण्डकी प्रदेशबाट उम्मेदवार बनाइने भएको छ।
 |  सोमबार, पुस १९, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, पुस १९, २०७८

काठमाडौं- सत्तारुढ दल नेपाली कांग्रेसले १४औँ महाधिवेशनमा हारेका नेतालाई राष्ट्रिय सभामा उम्मेदवार बनाउने निर्णय गरेको छ। सोमबार बसेको नेपाली कांग्रेस केन्द्रीय समिति बैठकले राष्ट्रिय सभाका निर्वाचनका लागि उम्मेदवार बनाउने निर्णय गरेकामध्ये अधिकांश महाधिवेशनमा हारेका नेता हुन्। 

महाधिवेशन प्रतिनिधिमा नै हारेका कांग्रेस कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेललाई कांग्रेसले बागमती प्रदेशबाट राष्ट्रिय सभा निर्वाचनमा उम्मेदवार बनाउने निर्णय गरेको छ। यस्तै कांग्रेसको सुदूरपश्चिम प्रदेश समितिको सभापतिमा पराजित भएका नारायणदत्त मिश्र पनि सोही प्रदेशबाट उम्मेदवार बनाइने भएका छन्। 

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको सहमहामन्त्रीमा चुनाव लडेर पराजित भएकी कमला पन्त पनि राष्ट्रिय सभा निर्वाचनका लागि उम्मेदवार बनाइएकी छन्। उनलाई गण्डकी प्रदेशबाट उम्मेदवार बनाइने भएको छ। 

यस्तै प्रदेश १ मा गोपाल बस्नेतलाई उम्मेदवार बनाइने भएको छ। युवराज शर्मा लुम्बिनीबाट उम्मेदवार बन्नेछन्। यस्तै,  दुर्गा गुरुङलाई कर्णालीबाट उम्मेदवार बनाउने कांग्रेस बैठकको निर्णय छ। 

लामो समय पार्टीमा योगदान गरेकालाई पार्टीले उम्मेदवार बनाउने निर्णय गरेको कांग्रेस केन्द्रीय सदस्य गोविन्द भट्टराईले जानकारी दिए। 'पार्टीमा लामो समयदेखि योगदान गरेकाहरूलाई उम्मेदवार बनाइएको छ। योग्य उम्मेदवारहरूलाई छानेका छौँ र अनुभवीलाई प्राथमिकता दिइएको छ,' बैठकपछि केन्द्रीय सदस्य गोविन्द भट्टराईले भने। 

१९ सिटका लागि हुने राष्ट्रियसभाका निर्वाचनमा यसअघि नै सत्ता गठबन्धनबीच भागबन्डा मिलिसकेको छ।  सहमति अनुसार यसअघि चुनाव जितेका सिटमा सम्बन्धित दललाई नै प्रदान गर्ने सहमति भएको छ। बाँकी सिटमा भने नेपाली कांग्रेसलाई तीन, नेकपा माओवादी केन्द्रलाई एक, नेकपा एकीकृत समाजवादीलाई एक, जनता समाजवादी पार्टीलाई दुई र राष्ट्रिय जनमोर्चालाई एक सिट भागबन्डा गरिएको छ।

यसअघि सम्बन्धित पार्टीले जितेका ठाउँमा सोही पार्टीलाई नै यथावत् राख्दै थपिएका सिटमा गठबन्धन दलले भागबन्डा गरिएको राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेलले जानकारी दिएकी छन्। उनका अनुसार ८ वटा थप सिटमा सत्तागठबन्धनका पाँच दलबीच भागबन्डा भएको हो।

आगामी फागुनदेखि चार वर्षे कार्यकाल पूरा गरेका राष्ट्रिय सभाका २० सांसद बिदा हुँदैछन्। एमालेबाट आठ जना, माओवादी केन्द्रबाट चार जना, नेकपा एकीकृत समाजवादीबाट चार जना, कांग्रेसबाट तीन र मनोनीत एक जना सांसद बिदा हुने क्रममा छन्। 

राष्ट्रपतिबाट मनोनित हुने एक सिटबाहेक १९ सिटका लागि यही माघ १२ गते बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म ७ वटै प्रदेशमा चुनाव हुँदैछ। माघ १२ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि भोलि पुस २० गते उम्मेदवारी दर्ताको कार्यक्रम रहेको छ।


प्रकाशित: Jan 03, 2022| 16:16 सोमबार, पुस १९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...