बुधबार, भदौ ३, २०८३

नयाँ दल दर्ता गर्दै कारागारमा रहेका रेशम चौधरी, श्रीमती अध्यक्ष

उनले श्रीमती रञ्‍जना श्रेष्ठलाई अध्यक्ष बनाएर नयाँ नागरिक उन्मुक्ति पार्टी गठन गर्न लागेका हुन्। जिल्ला प्रशासन कार्यालय काठमाडौंलाई एक पत्र पठाउँदै नागरिक उन्मुक्ति पार्टी दर्ताका लागि बाजागाजा र सांस्कृतिक झाँकीसहित शान्तिपूर्ण कार्यक्रम गर्ने भएकोले सूरक्षा व्यवस्थापन गरिदिन माग गरिएको छ।
 |  सोमबार, पुस १९, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, पुस १९, २०७८

काठमाडौं- तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) बाट निर्वाचित सांसद् रेशम चौधरीले नयाँ दल दर्ता गर्ने भएका छन्। टीकापुर हत्याकाण्डमा दोषी ठहर भएका चौधरी अहिले डिल्लीबजार कारागारमा छन्। 

उनले श्रीमती रञ्‍जना श्रेष्ठलाई अध्यक्ष बनाएर नयाँ नागरिक उन्मुक्ति पार्टी गठन गर्न लागेका हुन्। जिल्ला प्रशासन कार्यालय काठमाडौंलाई एक पत्र पठाउँदै नागरिक उन्मुक्ति पार्टी दर्ताका लागि बाजागाजा र सांस्कृतिक झाँकीसहित शान्तिपूर्ण कार्यक्रम गर्ने भएकोले सूरक्षा व्यवस्थापन गरिदिन माग गरिएको छ। 

उक्त पत्र अनुसार पुस १९ गते सोमबार भृकुटीमण्डपदेखि निर्वाचन आयोगसम्म दलको ब्यानर र सांस्कृतिक झाँकीसहित प्रदर्शन गर्ने र दल दर्ताका लागि निवेदन दिने कार्यक्रम छ। 

नागरिक उन्मुक्ति पार्टीकी प्रस्तावित अध्यक्ष रञ्‍जिताले भनिन्, 'उहाँ (रेशम)को नाममा पार्टी दर्ता गर्ने योजना थियो। उहाँको नाममा नभएपछि मेरो अध्यक्षतामा पार्टी दर्ता हुन्छ।’ 

डिल्लीबजार कारागारका अनुसार चौधरीले पार्टी दर्ताका लागि आफैं निर्वाचन आयोग जान खोजेका थिए। तर, निर्वाचन आयोगले नहुने जनाएपछि रञ्‍जिताको नेतृत्वको टोली निर्वाचन आयोग जान लागेको हो। 

निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले भने अहिलेसम्म कुनै पनि दल दर्ताका लागि निवेदन नआएको जानकारी दिए। उनले भने, 'अहिलेसम्म कुनै नयाँ दल दर्ताका लागि निवेदन आएको छैन।'

टीकापुर हत्याकाण्डमा फरार भएकै समयमा २०७४ सालमा वारेसनामामार्फत उम्मेदवारी दर्ता गराउँदै चुनाव जितेका रेशम पछिल्लो समय लोकतान्त्रिक समाजवादी पार्टीमा थिए। तर, थरुहट आन्दोलन र बन्दी रिहाबारे सरकार, मधेसी दल कसैले पनि चासो नदेखाएपछि आफैं दल खोल्ने निर्णयमा पुगेको जनाइएको छ। 

प्रकाशित: Jan 03, 2022| 15:02 सोमबार, पुस १९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...